कविता- 'सपनाको सहर'-पुस्कर कंडेल
सपनाको सहर आयौ,
स्वागत छ तिमीलाई यो सहरमा
बस एकैछिन आराम गर,
बिसाऊ सपनाले भरिएका ती झोलाहरू
यो सपनाको सहर हो भाइ,
यहाँ पुगेका भन्दा टुटेका सपना धेरै छन्,
यहाँ टुटेका भन्दा छुटेका सपना धेरै छन्
हरेक सपनाको एउटा प्रेमी छ
र हरेक प्रेममा एउटा आश छ,
झिनो मसिनो, लाश जस्तै निराश भएको
तर लाश नभएको
त्यही प्रेमले भरिएको घर हो यो,
यहाँ तिमीले सबै पाउँछौ,
सुन्यता पनि ।
त्यो गल्ली हुँदै रात्रीमा यात्रा नगर्नु
यहाँको रात यति कालो हुन्छ
कि सबै छर्लङ्ग देखिन्छ,
अनि देखिन्छ भूत पनि,
भोकाएको खानालाई
रगत होइन पसिना, आशा, सपना
सम्भावनाको चित्र देखाएर,
भूतलाई नयॉपन मनपर्छ
र
खाईदिहाल्छ नयॉ मानिसहरूलाई ।
डरलाग्यो, नडराऊ,
खाना बनाउन त जानेरै आएका हौला
अब तिमी बहानाहरू बनाउन सिक
सिक भोकहरूलाई खान,
प्यासहरूलाई पिउन
मलाई त थोरै आउँछ भाइ,
गुरुजीलाई सोध्नु पर्छ,
मलाई पनि गुरुजीले नै सिकाउनु भएको हो
तर
गुरुजी अहिले व्यस्त हुनुहुन्छ
त्यही गल्लीमा
भूतहरूसँग ।
स्मरणीय : भरतपुर-१५ चितवन निवासी स्रष्टा हाल अमेरिकामा छन् l
गोरखापत्र संस्थान, मधुपर्क मासिकको आयोजना तथा शैलुङ गाउँपालिका, शैलुङ पर्यटन तथा कालापानी बजार टोल व...
सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू ! सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू !
साथी ! तिमीले नचाहँदैमा के नै फरक पर्छ र ! देशले त साँच्चै यहाँ ठूलै परिवर्तन चाहेको छ ।