नयाँ नेपालको संकल्प हो,जेन–जी आन्दोलनको बलिदान-दलमर्दन कामी
भविष्यको चित्र हाम्रो वर्तमानका कार्यहरूले कोरिन्छ हाम्रो हरेक सोच, चिन्तन र क्रियाले भोलिको बाटो परिभाषित गर्छ । आन्दोलनको गन्तव्य परिवर्तन हो, शान्ति हो, समृद्धि हो, सुशासन हो l जेनजी आन्दोलनबाट केही ध्वंस भए तर पुनर्निर्माण र नयाँ चिजको सुरुवात हो । रिसिबी साँधेर र आन्दोलनकारीहरूलाई गन्तव्यहीन र अपराधीकरण गरिनु हुन्न केही यथास्थितिवादी र एकाधिकारवादी ओली प्रवृत्तिले जेनजी आन्दोलनलाई अपराधीकरण गर्ने रणनीति देखिन्छ, यो अत्यन्तै घिणित र खेदजनक छ । तीन दसकदेखिको राजनीतिको नाम भजाएर देशमा गतिहीनता भ्रष्टाचार र अनियमितताले आक्रान्त बनायो नागरिकको सुखका दिन आउनुको सट्टा दिनानुदिन झन्झन् कम्जोर हुनुपर्ने र राजनीति पार्टीको दुरुपयोग गरेर नेताकार्यकर्ता आसेपासे मौलाउने परिपाटी बन्दै गयो सोझासिदा जनता खाना नाना छानाको बाट अभाव बढेर गयो भ्रष्टाचार मौलायो देश ऋणको भारिमा चुर्लुम्म भो यसको प्रभाव बाट आक्रोशित जेनजी पुस्ताले कुदिनको अन्त्य गरेर र सुदिनको युगमाको अग्रगामी बाटो तयार गरेकै हुन । देशमा सुशासन, शान्ति र समृद्धि हामी सबैको सकारात्मक चिन्तन, निरन्तर प्रयास र इमानदार मेहनत कार्यनै निर्णायक हुन्छ l यसको निम्ति हामी आफै जाग्नु पर्छ अब बितेका कुराको सम्झना गरेर रुने कराउने बौलाउने गर्नु हुन्न खरानी भएका संरचना नयाँ युगले खोजेको रोजेको अनुसार पुनर्निर्माण गर्नुपर्छ । यसका निम्ति हामीले प्रण गर्नु नै पर्छकि "मैले नगरे कस्ले गर्ने ? अहिले नगरे कहिले गर्ने ?" म गर्छु म गर्न सक्छु, हामी मिलेर गरौं हामी गर्न सक्छौं । तन मन वचन र कर्मले जुरुक्क उठ्नु पर्छ ।
आज २०८२ भदौ २३ र २४ गतेकादिन ऐतिहासिक जेनजी आन्दोलनलाई ठिक एक महिना १५ दिन हुदै गर्दा जनजी आन्दोलन जसले नेपालमा पितृसत्तात्मक राज्यसत्ताको अन्त्यको उद्घोष गर्दै समान अधिकार र अवसरको नयाँ युगको सुरुवात पनि गरकै छ यो नेपाली राजनीति वृत्त आमनेपाली समाजले बुझ्नुपर्छ । जेनजी आन्दोलनको ऐतिहासिक उपलब्धि पितृसत्तात्मक राज्यसत्ताको अन्त्य गरेर देशले पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की पाएका छौ हामीले नयाँ युग आरम्भ गर्यो हो ।
पटकपटकको राजनीति परिवर्तन र जेनजी पुस्ताको अभुतपुर्व योगदान र लोकतान्त्रिक प्रणालीका अभ्यासले समृद्धि समतामूलक विकाश र समृद्धिको ऐतिहासिक यात्राको सर्वाधिक नयाँ महत्त्वपूर्ण ऐतिहासिक मोड हो । नेपाली राजनीति नेतृत्वले यसलाई स्रवीकार गरेर आत्मालोचना हुँदै नयाँ युगको मागलाई असल तरिकाले अगाडि बढाउनु को विकल्प छैन । हामीले सामाजिक राजनीतिक रूपमा रहेको विकृति भ्रष्ट अनैतिकले फैलाएको दुर्गन्ध विगत र वर्तमानलाई बुझेर जानेर पनि सधैं आफूलाई निरीह निष्क्रिय राख्ने र अरूलाई दोष मात्रै दिने दिइरहने होइन, हामी देशका सचेत नागरिक जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ । नत्र न्याय, समतामूलक, सभ्य र विकसित समाज समाज र राष्ट्रको निर्माण गर्ने कुरा सपना मात्रै हुन्छ ।
भ्रष्टाचार मुक्त देश शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न हामी आम नागरिकले राष्ट्रिय सङ्कल्पका साथ अगाडि बढ्नै पर्छ ।त्यसको निम्ति हामी "संयुक्त नागरिक पार्टी" ले भन्दै आएका छौ नेपाली समाजको विविधतालाई आत्मसात गर्दै “विश्वास, आशा र प्रेम” मा आधारित सर्वजातीय समावेशी सामाजिक लोकतन्त्रको स्थापना आजको युगीन आवश्यकता छ सबै एकताबद्ध हौँ । शान्ति, समृद्धि र सुशासनको चाहना हामी सबैको हो। त्यसका लागि असल नेतृत्व आजको अपरिहार्य आवश्यकता हो । आउनुहोस् l “विश्वास, आशा र प्रेम” मा आधारित सर्वजातीय समावेशी सामाजिक लोकतन्त्र स्थापना गरौं । "हाम्रो काम हामीले गर्ने हो , आफू भलो जगत भलो l उठौं, संगठित होऔँ, नयाँ नेपाल निर्माण गरौं !" नेपालको स्थिरता, एकता र समृद्धिको आधार कुनै जन्मसिद्ध राजा वा वंशानुगत सत्तामा होइन, जनताको सार्वभौम सम्पन्न आस्था अस्तित्व अधिकार शक्ति र उत्तरदायीत्व जनताले चुनेको असल नेतृत्वमा निहित छ । हामीलाई कुनै जन्मसिद्ध एकथान राजा चाहिएको छैन । जसले स्थिरताको नाममा वंश, गद्दारी, हिंसात्मक र एकाधिकारको राजनीति देशको हितविपरीत छ । यसको ज्वलन्त उदाहरण पुर्वराजा वीरेन्द्र शाहाको वंशनास त्यस प्रकारको केन्द्रीकृत राज्यसत्ता, सत्ताकेन्द्रित सोच र वंशानुगत परम्परागत एकक जातिगत शासनप्रणालीको स्पष्ट रूपमा विरोध गर्दछौ । देशको भविष्य समता समृद्धि जनताको देश प्रेमी छोराछोरीको हातमा छ, जसले आम नागरिकको हित, राष्ट्रिय विकास र समृद्धि, समानता मुलुक र न्यायमा आधारित समाजको निर्माण गर्न निष्ठापुर्ण लाग्दछ ।
जेन–जी पुस्ताको विद्रोह नयाँ चेतना, परिवर्तनको चाहना र असल नेतृत्वको खोजको अभिव्यक्ति हो। हामी आम नागरिकको आकाङ्क्षालाई सम्मान गर्दै त्यसलाई गर्दै शान्ति,स्वतन्त्रता, विश्वास, विकास र राष्ट्रनिर्माणको मार्गमा प्रतिबद्ध छौ । जनताको आन्दोलन र शक्ति विभाजन होइन, उज्ज्वल भविष्य निर्माण हो जनताको आवाज अशान्ति र विभाजनमा होइन, एकता र समृद्धिको निम्ति हो ।
यसैलाई मध्यनजर गरेर संयुक्त नागरिक पार्टीले राजनीतिलाइ पेशा हैन समाज सेवा हो भनेका छौ, समाज सेवा गर्नलाई कुनै जिम्मेवार स्थान पदबाट राजीनामा दिनु पर्दैन तर जब राजनीति पार्टीको नेतृत्व गर्दै चुनावमा भाग लिन्छ वा सिफारिसमा कुनै लाभको पद वा जिम्मेवारी लिन्छ र सेवा सुविधा लिन्छ त्यतिबेला उनले नैतिकताको आधारमा एउटा मात्रै धार लिनुपर्छ । त्यसैले हाम्रो स्लोगनमै राखेका छौ "असल नेतृत्व आजको आवश्यकता , "विश्वास, आशा, प्रेम" मा आधारित "सर्व जातीय समावेशी सामाजिक लोकतन्त्र" हो । यस आवश्यकतालाई हामीले शिक्षा, स्वास्थ्य, रोजगारी र आत्मनिर्भर युवाशक्ति निर्माणलाई प्राथमिक राष्ट्रिय नीति बनाउने प्रतिबद्धता जनाएर प्रत्येक नागरिकलाई आत्मसम्मानसहित बाँच्न पाउने अवस्था सुनिश्चित गर्नु अब मूल उद्देश्य हुनुपर्छ र संघीय लोकतन्त्रका मूल्य–मान्यतालाई बलियो बनाउँदै नागरिकमै केन्द्रित शासन प्रणाली निर्माण, राजनीतिक आचरणमा असल नेतृत्वको पुनर्जागरण र ईमानदार नेतृत्वको विकास गर्नुपर्दछ जेनजी आन्दोलनको उपलब्धि अवसर र चुनौती यहि हो । जेनजी आन्दोलन बाट ७६ जना सहिद हुनुभएको छ सयौं घाइते अपंगता हुनुहुन्छ यो चानचुने कुरा होइन जुन आन्दोलन ताकाको प्रधानमन्त्री केपी ओलि हुन उनलेे यसको जिम्मेवार बनेर आफूमा भएको कमिकम्जोरीलाई सच्याउलान भन्ने आशा थियो तर उक्त आन्दोलनमा हत्या भएका जेनजी सहिदको अपमान र जेनजी आन्दोलनक नेतृत्व र समूहलाई निरुत्साहित र अपमानित गर्नेगरी ''हा हु'' गरेर बनेको सरकार र जेनजी लाई अपराधीकरणतिर धकेल्ने अभिव्यक्ति आपत्ति जनक छ । नेकपा एमालेले संसद् पुनर्स्थापना नभए निर्वाचन बहिष्कार गर्ने अभिव्यक्ति दिएको सन्दर्भमा अत्यन्तै खुसीको कुरा हो एमालेले चुनावमा भाग नलिनु देशको राजनीतिक अस्थिरता र दलगत स्वार्थको चरम परिणाम हो । यदि यो साँचो हो भने, अब देशका सचेत नागरिक र जेनजी पुस्ताका युवाहरूका लागि पुराना भ्रष्ट दलाल , नवसामन्त नेताहरू र असफल राजनीतिकनेतृत्व फाल्ने यो ऐतिहासिक सुवर्ण अवसर हो । हामी उत्पीडित समुदायबाट नेतृत्व संयुक्त नागरिक पार्टी देशको पुनःनिर्माण, सुशासन र समृद्धिको मार्गमा नयाँ जेनजी पुस्ता र आम नागरिकसँग हातेमालो गर्न आह्वान गर्दछ ।अब राष्ट्रका पुराना दलहरूको स्वार्थी भागबन्डाबाट नातावाद कृपावादको अभ्यासमा होइन, नयाँ पुस्ताको इमानदार सोच र असल नेतृत्व गर्ने गराउने उदेश्य साथ नागरिक एकताबाट पुनर्जागृत गर्ने गराउन एकताबद्द हौ । समतामूलक सभ्य सामाजको निर्माण देशको बिकाश र समृद्धि असल सच्चा जनसेवक नेतृत्व, पारदर्शी, शासन र विश्वास, आशा र प्रेममा आधारित राष्ट्रिय एकताबाट मात्र सम्भव छ । अब समय आएको छ सबै जेनजी पुस्ता, नागरिक शक्ति र संयुक्त नागरिक पार्टी एकताबद्ध भएर नयाँ नेपालको मार्ग तय गरौं। जेनजी आन्दोलनकारीमाथि गोली प्रहार र हत्याहिंसा तत्कालीन प्रधानमन्त्री केपी ओली र रमेश लेखकसहितको सरकार जिम्मेवारी लिनुपर्छ अबोध जेनजी माथि गोलि र बारुद बर्साएर हत्याहिंसा गरेपछि आक्रोशित भिड र आन्दोलनलाई थेग्नु नसकेर राजीनामा दिएर भागेका १० दिन सम्म लुकेर चुइक्क नबोलेका केपी ओलि र महेश बस्नेतहरूलाई आज आएर जेनजी आन्दोलनको रापतापबाट बनेको सरकार र जेनजी आन्दोलन नेतृत्व लाई अपमान गर्ने अधिकार छैन । जेनजी आन्दोलनबाट देशको बदलिँदो परिस्थितिलाई हाम्रै भाइ छोराछोरीले देशमा विकास र समृद्धिका निम्ति पबित्र उदेश्य राखेर गरेको आन्दोलन हो जेनजी आन्दोलन भ्रष्टाचार नातावाद कृपावाद बिपरित रहेर शान्ति र समृद्धिको निम्ति गरेका हुन सोचेर हामीले यसलाई सस्थागत गर्ने प्रक्रियामा राजनीतिककर्मी, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकहरूले अत्यन्त जिम्मेवार र सकारात्मक भूमिका निर्वाह गर्न पर्दछ । हामीले विशेषगरी, जेनजी पुस्ताको ऐतिहासिक आन्दोलनले ल्याएको परिवर्तन र त्यसले सिर्जना गरेको नयाँ अवसरलाई संस्थागत रूप दिन सबै क्षेत्रबाट सकारात्मक सोच, विवेकपूर्ण अभिव्यक्ति र रचनात्मक सहभागिता अनिवार्य छ । जेनजी आन्दोलनले केवल व्यवस्था परिवर्तन भन्दा पनि शासक र नेतृत्वमा सोच , चिन्तन र असल व्यबहार प्रणालीको नयाँ युगको सुरुवात हो । यसबेला संवेदनशील अवस्थामा सञ्चार माध्यम र सामाजिक सञ्जालहरूले विशेष जिम्मेवारी वहन गर्नुपर्छ l सकारात्मक टिप्पणी, सन्तुलित आलोचना र तथ्यमा आधारित धारणाहरूलाई मात्र प्रभाव गर्नुपर्ने हुन्छ । ऐतिहासिक जेनजी आन्दोलनलाई दबाएर भएपनि आफ्नो सत्ता टिकाउन सत्ता र शक्तिको दुरुपयोग गरेर जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारी ७६ सहिद हुनुभएको छ सयौं घाइते अपंगता भएपछि जनाको हत्याहिंसा भएपछि त्यसको विरुद्धमा अगाडि बढेको आन्दोलनलाई थेग्न नसकेर भागेका तत्कालीन प्रधानमन्त्री केपी ओलिको असक्षम कार्यले इतिहासमै कालो दाग लगाएको छ । यतिबेला तत्कालीन प्रधानमन्त्री केपी ओलि जसले जेनजी पुस्ताको आन्दोलन र त्यसका उपलब्धिहरूमाथि पटकपटक खिल्ली उडाइ रहेकाछन् , जेनजी आन्दोलनको उपलब्धि बाट बनेको सरकार र सिंगो जेनजी आन्दोलनका नेतृत्व लाई अपमानजनक शैलीमा आक्रमक भासण तुक्काबाट गालिगलोज गरेर जेनजी पुस्तालाइ आक्रोशित बनाउने जुन कार्य हुँदै छ पूर्ण रूपमा गैरजिम्मेवार र निकृष्ट खेदजनक छ । लोकतन्त्रमा आलोचना प्रतिआलोचना गर्न सकिन्छ त्यो स्वतन्त्रता छ तरपनि आन्दोलनका उपलब्धिलाई तुच्छ रूपमा जनभावनाको विरुद्ध बोल्नु पुर्ण अपमान हो । अहिले आवश्यकता शान्तिपूर्ण, विवेकशिलता , संयम र सकारात्मक चिन्तनको राजनीतिक संस्कारको अभ्यास आवश्यकता छ । जेनजी आन्दोलनले देखाएको मार्गलाई संस्थागत गर्दै नयाँ पुस्ताको योगदानलाई सम्मानपूर्वक अंगिकार गर्दै असल र इमानदार त्याग तपस्या बलिदानपूर्ण नेतृत्वको संस्कृतिको विकास गर्नु नै देशको स्थायित्व, शान्ति र समृद्धिको आधार बन्दैछ । अहिले मुलुक गम्भीर राजनीतिक सङ्कटबाट गुज्रिरहेको छ। संसद विघटन भइसकेको छ, सरकार संक्रमणकालीन अवस्थामा सञ्चालन भइरहेको छ, र राजनीतिक दलहरूको विश्वासनीयता गुमेको अबस्थामा छ । यस्तो अवस्थामा देशलाई मार्गदर्शन गर्ने बाटो खोज्नु केवल राजनीतिज्ञहरूको दायित्व होइन, यो राष्ट्रका प्रत्येक सचेत नागरिकको साझा जिम्मेवारी हो। नेपालको आजको राजनीतिक संकट कुनै आकस्मिक घटना होइन। यो विगत तीन दशकको असफल शासन, दलहरूबीचको अपरिपक्वता, असमझदारी र गैरजिम्मेवारीपनको प्रत्यक्ष परिणाम हो। न्यायालयदेखि सुरक्षा निकायसम्म जरा गाडेको भ्रष्टाचार, नातावाद, कृपावाद र नागरिक अधिकारप्रतिको बेवास्ताले निम्त्याएको संकट हो । यो या त्यो बहानामा यो या त्यो पार्टीको नाममा नेताहरूले पालो फेर्दै कानुन ,न्याय र अधिकार प्रणालीलाई आफ्नो स्वार्थअनुसार तोडमोड गर्दै, जातीय, धार्मिक, सांस्कृतिक र भौगोलिक रूपमा कमजोर समुदायका अधिकारमाथि निरन्तर हनन गर्दै आएका थिए । त्यतिमात्र होइन युवाहरूलाई रोजगारीको अवसर बाट बन्चित बनाउने बेरोजगारी र निराशा तर्फ धकेल्ने जस्ता कार्यले दिनानुदिन लाखौँ युवा आफ्नो देश र परिवार छोडेर विदेशिन बाध्य भएका थिए । जसका कारण सत्ता र शक्तिको चरम दुरुपयोग असमानता, अन्याय र शोषणका विरुद्ध आम नागरिकहरूको सहनशीलता समाप्त हुँदै गर्दा पछिल्लो समय अर्थात २०८२ भदौ २३ र २४ मा जेनजी पुस्तामा बिद्रोहको ज्वालामुखी विस्फोटजस्तै भएर सडकमा ओर्लन बाध्य भएकाथिए। जुन आन्दोलनले नेपालमा अन्तरिम चुनावी सरकारको गठन गरेर नयाँ जनमतको दिशानिर्देश गरेको छ अब हुने आम निर्वाचन बाट बन्ने सरकारले जातीय, धार्मिक, भौगोलिक सबै समूहलाई न्यायपूर्ण समानुपातिक प्रतिनिधित्व प्रणाली धार्मिक अल्पसंख्यकहरुको अधिकार युवा जेनजी आन्दोलनको वास्तविक आशा उदेश्य र आवश्यकताको परिपुर्ति गर्नुपर्दछ । देशमा शान्ति समृद्धि र न्यायको एकीकृत प्रक्रियामा सत्यनिष्ठा पूर्वक सम्बोधन गर्ने सत्य एवं मेलमिलापमा यो संकटको घडीलाई राष्ट्रपतिले संविधानको आत्मालाई जोगाएर राष्ट्रलाई भ्रष्टाचारमुक्त, समावेशी, धार्मिक स्वतन्त्रतायुक्त, आत्मनिर्भर र विश्वसामु सम्मानित राष्ट्र सुशासन र समृद्धितर्फ लैजाने दृढप्रतिज्ञा गर्दै सहिदहरूले दिएको बलिदानलाई सम्मान गर्दै मनैदेखि आजैदेखि निडर भएर नयाँ असल नेतृत्व, न्यायपूर्ण प्रणाली र नागरिकको विश्वास जितेर मुलुक संकटबाट मुक्त गर्नुसक्नु पर्दछ । हामी संयुक्त नागरिक पार्टीलाई विश्वास छ जेनजी आन्दोलनले नेपाललाइ नयाँ युगमा प्रवेश गरेको छ । यो यात्रा कठिन हुन सक्छ, तर असम्भव छैन । सहिदको रगत, युवाको उत्साह र आम नागरिकको विश्वास हाम्रो सबैभन्दा ठूलो बल हो । नेपाल बन्ने छ् बनाइने छ , परिवर्तन हुनेछ। यही विश्वासका साथ, हामी सबैलाई यो संघर्षमा सहभागी भएका छु र नेतृत्व गर्ने प्रयत्नशील छौं ।
स्मरणीय :लेखक दलमर्दन कामी संयुक्त नागरिक पार्टीका अध्यक्ष हुन् l
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...
चक्र बास्तोलाले भन्नु भयो :'यो शैलजाको लागिभीमबहादुरले दिएको पुनर्जीवन थियो ।'