अम्बेडकर परिनिर्वाण दिवस: दलित/शिल्पी मुक्तिको ऐतिहासिक दिशानिर्देशक क्षण-दलमर्दन कामी
आज ६ डिसेम्बर डा. भीमराव अम्बेडकरको परिनिर्वाण दिवस यो दिन भारतको इतिहासमा मात्रै सीमित छैन बिश्वमा रहेका आम उत्पीडितहरुले समाज र राष्ट्रमा विशेष गरेर नेपाली समाजमा जातीय धार्मिक सांस्कृतिक सामाजिक विभेदका कठोर घेरा भोगिरहेका नेपाल र नेपालजस्ता मुलुकका उत्पीडितहरूका लागि न्याय, समानता, अधिकार सहितको आत्मसम्मानको संघर्षको मार्गदर्शन गर्ने विशिष्ट उदाहरण र अवसर हो । हाम्रो देश नेपालको छिमेकी मुलुक बिशाल भारतको संविधानका निर्माणकर्ता, सामाजिक क्रान्तिका प्रणेता र दमनविरुद्ध प्रतिरोधी चेतनाका दलित/शिल्पी समुदायकाबाट अम्बेडकरले दक्षिण एशियाली समाजमा छाडेको प्रभाव र उदाहरण आज पनि उति नै आवश्यकता छ ।
नेपालका दलित / शिल्पी समुदायका वर्तमान संघर्षलाई बुझ्न अम्बेडकरको शिक्षा दृष्टि र उनको क्रान्तिकारी संघर्ष संसारका उत्पीडित समुदायका रत्न र परिवर्तनकारीका जीवन शैलीमा अपरिहार्य बनेको छ । ऐतिहासिक रूपमा नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्पी समुदायमाथिको उत्पीडन कुनै एउटा दुर्घटनाजस्तो होइन यो हिन्दुधार्मिक शास्त्र, संस्कार र सदियौँदेखि जमेर रहेको सामाजिक संरचनाले थोपरेको योजनाबद्ध अपमान विभेद दमन बहिस्करण लगायतका असमानता हुन जसले गर्दा अमानवीय क्रूर कतिपय स्थानमा गाउँ निकाला हत्याहिंसा जस्ता घटना डरलाग्दा छन जो नेपालको पश्चिम रुकुम सोती घटना अर्थात नवराज विकलगायतका छ जना युवाहरूलाई जातीय नरसंहारको घटना साक्षी छ । नेपाली समाजमा कामी, दमाई, सार्की, मुसहर, पासी, चमार, डोम, बादी लगायतका करिब तीन दर्जन जातीय र अन्य पनि कति जाति छन जो अत्यन्तै परिश्रमी समुदाय हुन । जो समाज र राष्ट्रका अपरिहार्य आधारभूत श्रमिक शक्ति हुन जसलाई अछुतको नाममा सार्वजनिक स्थान, पानी, मठ–मन्दिरदेखि घर–परिवारसम्म प्रवेशनिषेध जस्ता कुराले आज पनि अपमान सहन बाध्य छ्न ।
नेपालको कानुनले सबै प्रकारको हिंसा,जातीय छुवाछूतलाई अपराध माने पनि अझै तथाकथित ठुलो भनाउदाहरूको मन र व्यवहारमा जरा गाडेर बसेको छ । भारतीय संविधानकर्ता अम्बेडकरले यस्तै जातीय असमानता बारे गरेको संघर्ष र संरचनात्मक अन्यायको विश्लेषण र विभेदकारीलाई चेतावनीमा भनेका छन् जात जन्मबाट होइन, समाजले बनाएको दमनकारी संरचना हो । अम्बेडकरको मूल मन्त्र : शिक्षा, संगठन र संघर्ष अम्बेडकरले उत्पीडित समुदायको मुक्ति तीन स्तम्भमा टेकेर अघि बढ्दा मात्र दिगो परिवर्तन सम्भव हुन्छ भनेका थिए । उनले भनेका छन् शिक्षाविहीनता दमनलाई निरन्तरता दिने सबैभन्दा सूक्ष्म शक्ति हो । चेतनाको अभाव प्रतिरोधलाई रोकिन्छ, र प्रतिरोध रोकिने विकल्पमा अधिकार पनि खोसिन्छ ।
संगठन यस्तो शक्ति हो एक व्यक्तिको आवाज क्षणभरमै हराउँछ तर संगठित आवाज समाजका संरचना नै परिमार्जन गर्न सक्छ। उनले भनेका छ्न अधिकार मागेर होइन संघर्ष अपरिहार्य छ भनेका छ्न यो अहिलेसम्मकै धुर्वसत्य छ। अम्बेडकर भनेकाछ्न सम्झौतावादी राजनीतिले दलाल र व्यक्ति स्वार्थमा लैजान्छ र उनले आफ्नो जीवन संघर्षमा सम्झौतामा कहिल्यै रहेनन् । उनको दृढ भनाइ आज पनि उतिकै शक्तिशाली छ उनले भनेका छ्न अन्यायसँग सम्झौता गर्नु भनेको अन्याय स्वीकार्नु हो । नेपालको दलित मुक्ति आन्दोलनमा दलित / शिल्पी समुदायका लागि अम्बेडकरको सन्देश कानुनी रूपमा दण्डनिय रहेको भएता पनि व्यबहारमा नेपाल अझै सामाजिक असमानताको कडा जन्जिरमा गाँसिएको बाधिएको छ तथाकथित ठूलो जात/साना जात, छूने/नछूने, माथिल्लो/तल्लो यी सोचले राष्ट्रको न्यायिक संरचना मात्र होइन, मानवताको मूल्य मान्यता र बिश्वका लागि समेत अत्यन्तै कमजोर कलंकित बनाइरहेको छ ।
समाज अझै गहिरो जातीय र सामाजिक असमानताको पिडामा दलित/शिल्पी, र उपेक्षित समुदायहरू अझै समान अवसर र समान सम्मानबाट वञ्चित छन् । हामीले हाम्रो इतिहास र पहिचान हामीमा भएको सीप कला कौसलता र समाज प्रति गरेको समर्पण माथि आत्मगौरव र त्यसमाथि भएको अन्यायको प्रतिरोध गर्नु पर्छ । स्वतन्त्रता र सम्मानका लागि आवाज उठाउनै पर्छ । मौनता हाम्रो कमजोरी हो; आवाज हाम्रो अधिकार हो । राजनीतिक सहभागिता र प्रतिनिधित्वको सुनिश्चितता राजनीति अभियान र नेतृत्व समानता केवल कानुनी वाक्यांश होइन नीति निर्माण, बजेट विभाजन र निर्णय प्रक्रियामा देखिनुपर्छ ।
अहिलेसम्म नेपाली समाजको दुर्भाग्यपूर्ण त्यही हो । अब आफ्नो लागि आफैले नेतृत्व गर्नु पर्छ त्यसको निम्ति नै आज जातीय धार्मिक सांस्कृतिक उत्पीडितहरूको नेतृत्वमा संयुक्त नागरिक पार्टीले त्यसको प्रतिनिधित्व गर्ने प्रयत्नशील छौ जसको नेतृत्व म आफै दल मर्दन कामिले गर्दै छु । यसको श्रेय एक भिमरावल अम्बेडकर हुनुहुन्छ । हामी सबै प्रकारको अपमान , विभेद ,दमन ,छुवाछूत, अवसर असमानता, भूमि, शिक्षा र रोजगारीमा पहुँच—यकानुनी अधिकार मात्र होइन, मानवीय अस्तित्वका आधारभूत आवश्यकता र अधिकारको निम्ति पहिलो प्राथमिकता हुनेछ । नेपालमा सामाजिक, राजनीति र नेतृत्वमा न्याय र समानता केवल कानुनी वाक्यांश मात्रै होइन , नीति निर्माण, सहभागीता , बजेट विभाजन र निर्णय प्रक्रियामा समान सहभागिता र व्यबहारमा स्पष्ट देखिनु पर्छ। अहिलेसम्म हाम्रो समाजमा यही दुर्भाग्य हो । उत्पीडित जातीय, धार्मिक र सांस्कृतिक समुदायहरूले आफ्नो नेतृत्व आफैं गर्न आवश्यक छ । यसै उद्देश्य पूरा गर्नका लागि संयुक्त नागरिक पार्टी गठन भएको हो, जसको नेतृत्व म, दलमर्दन कामीले गर्दैछु ।
मैले ३५ बर्षदेखि गर्दै आइएको निरन्तर संघर्षको प्रेरणाको स्रोत र श्रेय इशाइ धर्म शास्त्र बाइबल र भारती संविधानविद भिमराव अम्बेडकरलाई नै जान्छ । हाम्रो पार्टीको प्राथमिकता सबै प्रकारको अपमान, विभेद, दमन, छुवाछूत, अवसर असमानता, भूमि, शिक्षा र रोजगारीमा पहुँच यी केवल कानुनी अधिकार मात्र होइन, मानवीय अस्तित्वका आधारभूत आवश्यकता र अधिकार हुनभने संयुक्त नागरिक पार्टी संघर्ष न्याय, समानता र आम नागरिकको आस्था, अस्तित्व र अधिकारको लागि प्रतिबद्ध हो । अम्बेडकरले देखाएको शिक्षा र संघर्षको मार्ग अपनाउँदा उत्पीडित समुदायको मुक्ति संघर्षमा महत्वपूर्ण भूमिका रहनेछ । आम नागरिकको आस्था, अस्तित्व र अधिकारको लागि प्रतिबद्ध हो । अम्बेडकरले देखाएको शिक्षा र संघर्षको मार्ग अपनाउँदा उत्पीडित समुदायको मुक्ति संघर्षमा महत्वपूर्ण भूमिका रहनेछ ।
स्मरणीय : लेखक दलमर्दन कामी संयुक्त नागरिक पार्टीका अध्यक्ष हुन् l
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
चक्र बास्तोलाले भन्नु भयो :'यो शैलजाको लागिभीमबहादुरले दिएको पुनर्जीवन थियो ।'
इतिहासको लामो विभेदकारी शासन व्यवस्थाको कारण अन्याय, अत्याचार, विभेद र शोषणको शिकार भई दयनीय जीवन या...