विपिनको अन्त्येष्टि गरिँदै, शव यात्रामा इजरायली प्रतिनिधिसमेत सहभागी
धनगढी: हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार दिउँसो काठमाडौं ल्याएको र त्याहाँबाट नेपाली सेनाको स्काइ ट्रकमा राखेर बेलुकी अबेर धनगढी पुर्याइएको थियो । उनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका पदाधिकारी विपिनको घरसम्म पुगेका थिए l
विपिन जोशीको आज मंगलबार महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । भीमदत्त नगरपालिकास्थित उनको निवासबाट सुरु भएको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ । बिहान ८ बजे भीमदत्त नगरपालिकाबाट सुरु भएको शवयात्रा महाकाली नदीको भुजेला घाटमा पुगेर अन्त्येष्टिमा परिणत हुनेछ ।
जिल्ला प्रहरी कार्यालयकाका अनुसार राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिन लागेको जानकारी दिए । उनकाअनुसार विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ ।
सन् २०२३ अक्टोबर ७ मा भएको हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। भने विपिनलाई बन्धक बनाइएको थियो l उनीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट कृषिमा स्नातक (बीएसस्सी एग्रिकल्चर) अध्ययन गरी लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत ११ महिनाका लागि इजरायलमा इन्टर्नसिप गर्न गएका थिए ।
स्मरणीय : फोटो सार्वजनिक संजालबाट साभार l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...