'जेन जी' पुस्ताको आन्दोलनको आजको खाका
काठमाडौं, २३ भदौ:आज माइतीघरमा हुने 'जेन जी' पुस्ताको आन्दोलनको सेड्यूल यस्तो रहेको छ । जसअनुसार बिहान नौ बजे जेन जेडहरू माइतीघरमा भेला हुनेछन् ।
माइतीघरबाट बानेश्वरको एभरेस्ट होटलसम्म मार्चपास गर्ने कार्यक्रम तय गरिएको छ । आन्दोलनमा कसैले पनि सम्बोधन भने गर्ने छैनन् । आन्दोलन केन्द्रित गीत, कविताहरु बाचन गर्न पाइनेछ । तर, स्रष्टाहरु २८ वर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।
नेपाल सरकारले फेसबुक लगायतसामाजिक सञ्जाल निष्क्रिय पारेपछि जेन जेड पुस्ताले आन्दोलनको घोषणा गरेका हुन् ।
बिनासर्त सामाजिक संजाल पुनः सक्रिय बनाइनुपर्ने, पुराना नेताहरुले प्रधानमन्त्री बन्दिनँ भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष रुपमा आयुक्त नियुक्ति गर्नुपर्ने लगायतका मागअघि अघि सारिएको छ । आन्दोलनलाई विभिन्न दलका नेता तथा सेलिब्रिटीहरू र विभिन्न तप्काबाट ऐक्यवद्धता जनाइरहेका छन् l सामाजिक संजाल टिकटकको माध्यमबाट जेन जी पुस्ताको प्रदर्शनमा व्यापक समर्थनसहित पोष्टहरू आएका छन् l प्रदर्शन शान्तिपूर्ण र अनुशासित हुनुपर्नेमा सबैले जोड दिएका छन् l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...