नैतिकताका आधारमा पदमा बस्दिनँ- गृहमन्त्री लेखक
काठमाडौं,२३ भदौ:गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने जानकारी आज बेलुकी पार्टीलाई गराएका छन् ।
सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यो घोषणा गरेर बाहिर निस्किएको जानकारी प्राप्त भएको छ l
ठूलो जनधनको क्षति भएको बताउँदै आफूले यस्तो बेला बस भनेर पार्टीले भने पनि पदमा बस्न नमिल्ने भन्दै नैतिकताको आधारमा राजिनमा दिन तयार भएको विश्वास नेताहरू समक्ष दिलाएका छन् l
आजको प्रदर्शनमा अकल्पनीय मानवीय क्षति भयो । मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, नैतिकताका आधारमा पदमा बस्दिनँ,’ गृहमन्त्री लेखक यसो भन्दै बाहिर निस्किएका थिए l
स्मरणीय : लेखकको फाइल फोटो विकिपीडियाबाट लिइएको छ l
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...