गुरु - होमनाथ जोशी
तिमी ज्ञानका दीप सन्मार्ग दाता ।
तिमी प्रेरणा भाग्यका हौ विधाता ।।
तिमी दीप हौ जल्न हर्दम तयार ।
तिमी शक्तिको स्रोत जो हौ अपार ।
।१।।
तिमी ज्ञानका बीज छर्छौ अनेक ।
तिमी खोल्दछौ ज्ञानका द्वार धेर ।।
तिमी खुल्दछौ बागमा फूल रोपी ।
तिमी भुल्दछौ कर्ममा दुःख छोपी ।
।२।।
तिमी तेजिलो सूर्यका हौ प्रकाश ।
तिमी आस हौ खास डाक्ने प्रभात ।।
तिमी ज्ञानको भोक मेट्ने नथाकी ।
तिमी योजनाकार हौ विश्वव्यापी ।
।३ ।।
सबै अन्धविश्वास फालेर चेत ।
तिमी भर्द्छौ बुद्धि सारा विवेक ।।
तिमी हाँस्दछौ फूललाई हँसाई l
तिमी हिंड्छौ लक्ष्यलाई समाइ l
।४ ।।
तिमी पूज्य संसारमा नाम उच्च ।
लिने गर्वले नाम यौटै पवित्र ।।
तिमी मार्गको चित्र कोर्ने अनेक ।
तिमी नै त हौ लाखमा श्रेष्ठ एक ।
।५ ।।
गोरखापत्र संस्थान, मधुपर्क मासिकको आयोजना तथा शैलुङ गाउँपालिका, शैलुङ पर्यटन तथा कालापानी बजार टोल व...
सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू ! सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू !
यहाँ पुगेका भन्दा टुटेका सपना धेरै छन्, यहाँ टुटेका भन्दा छुटेका सपना धेरै छन्