पूर्व राजदूत पदम सुन्दास ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’बाट सम्मानित
काठमाडौँ- ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ सामाजिक अभियान्ता पदम सुन्दासलाइ प्रदान गरिएको छ l १ लाख १० हजार रुपैया राशिको पुरस्कार पदम सुन्दासलाई राष्ट्रपति रामचन्द्र पौडेलले असार २३ गते सोमबार एक समारोहका बिच हस्तान्तरण गर्नु भएको छ l
मानव अधिकार तथा शान्ति समाजले यसवर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्याएको भन्दै पूर्व राजदूत सुन्दासलाई प्रदान गरेको हो ।
शान्ति समाजले शितल निवासस्थित राष्ट्रपति कार्यालयमा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको थियो l ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्याए बापत समता फाउन्डेसनका पूर्व अध्यक्ष तथा बहराइनका लागि नेपालको पूर्व राजदूत सुन्दासलाई सो पुरस्कार प्रदान गर्नुभएको हो ।
२००२ साल असार ३२ गते भोजपुरमा जन्मिएका सुन्दास विगत तीन दशकदेखि सामाजिक न्यायका क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका सुन्दासले २०६८ सालमा प्रधानमन्त्री कार्यालयअन्तर्गत राष्ट्रिय स्तरको सल्लाहकार समितिको सदस्य (जातीय भेदभाव तथा छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवर्द्धन संयन्त्र) को रुपमा समेत भूमिका निर्वाह गर्नुभएको थियो ।
सुन्दासले २०७२ सालमा दलितमैत्री संविधानको लागि तीन महिने शान्तिपूर्ण संयुक्त दलित आन्दोलनमा नागरिक समाजको संयोजकको भूमिका समेत निर्वाह गर्नुभएको थियो । सुन्दास लेखक तथा चिन्तक व्यक्तित्व समेत हुनुहुन्छ l
गत वर्ष उक्त पुरस्कारबाट अन्तर्राष्ट्रिय रूपमा चर्चित सामाजिक अभियन्ता र अधिकारकर्मी डा. बिष्णुमाया परियार सम्मानित हुनु भएको थियो l
स्मरणीय : फोटो पदम सुन्दासको फेस बुकबाट साभार गरिएको हो l - सम्पादक
सन् १९५६ मा उनी र उनका अनुयायीहरूले बौद्ध धर्मलाई अँगाले जसको केही महिनापछि नै उनको निधन भयो ।
सामाजिक कुरीति चिर्ने एक्लो प्रयासमा सफल नहुँदा लगानीसमेत डुबेर टाट पल्टेको उहाँले पीडा सुनाउनुभयो ।
प्रधानमन्त्री शुसिला कार्की लगायत सरकारका मन्त्रीहरूलाइ भेटेर तत्काल सरकारसँगकाे जेन-जी प्रतिनिधि छल...