दलित जेन-जी एलाइन्सकाे केन्द्रीय कार्यालय उद्घाटन
काठमाडौँ : दलित जेन-जी एलाइन्सले ललितपुरकाे ग्वार्खाेमा केन्द्रीय कार्यालय स्थापना गरेकाे छ । शनिबार कार्यालय उद्घाटन गर्दै एलाइन्सले कार्यालय खाेलेर अब वृहतरूपमा अगाडि बढ्ने घाेषणा सार्वजनिक गरेको हाे। दलित जेन-जीलाई विस्तारगरेर एकीकृत दलित आवाज बनाउने हाम्रो सङ्कल्पलाईउपस्थित अभियन्ताहरूले जोड दिएका छन् l
कार्यक्रममा 'दलित नागरिक समाज'का अध्यक्ष माेतिलाल नेपाली, पूर्व सचिव. डा.मान बीके, अभियन्ता डा. मित्र परिवार, अधिवक्ता त्रिलाेक चन्द विश्वास वि.केलगायत दलित समुदायका जेन-जी युवाहरूकाे उपस्थिति रहेकाे थियाे।
प्रधानमन्त्री शुसिला कार्की लगायत सरकारका मन्त्रीहरूलाइ भेटेर तत्काल सरकारसँगकाे जेन-जी प्रतिनिधि छलफलमा बाेलाउनु पर्ने, मन्त्री लगायत अन्य राजनीतिक नियुक्तिहरूमा दलित समुदायलाई जनसंख्याकाे आधारमा नियुक्ती गर्नपर्ने आदि माग राख्ने एलाइन्सका संयाेजक जीवन तिरूवाले बताएका छन् l
आफ्नो संयाेजकत्वमा केन्द्रीय कार्यसमितिसहित दलित एलाइन्स बनेकाे दलित समुदायकै विद्वान् व्यक्तित्वहरू सल्लाहकार रहेकाेले अब अभियानलाइ देशैभर फैलाउने र अन्य दलित जेन-जी संगठन र युवाहरूलाइ एकतामा आउन अपिल गर्न पनि चाहन्छाैँ। तिरुवाले भनेका छन् l छरिएर रहेका दलित समुदायको माग सम्बोधन गर्न र सरकारलाई वार्ता गर्न अब सजिलो भएको छ l हामी दलित समुदायको मुद्दा र सामाजिक न्यायको आन्दोलनलाई अगाडि बढाउन दलित युवा अगाडि बढ्छौ l
सन् १९५६ मा उनी र उनका अनुयायीहरूले बौद्ध धर्मलाई अँगाले जसको केही महिनापछि नै उनको निधन भयो ।
सामाजिक कुरीति चिर्ने एक्लो प्रयासमा सफल नहुँदा लगानीसमेत डुबेर टाट पल्टेको उहाँले पीडा सुनाउनुभयो ।
जातीय छुवाछूतजस्तो कुप्रथा हट्न नसक्नु नेपाली समाजको ठूलो कलंक हो, यसमा मुख्य दोष राज्यकै छ l