दुर्गा प्रसाईंसहित ७ जना प्रतिवादीलाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने अदालतको आदेश
काठमाडौं: गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने अदालतको आदेश आएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति ढिलोगरी आदेश जारी गरेको हो ।राति १२ बजेमात्रै अदालतबाट प्रसाईंसहित ७ जना प्रतिवादीलाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ । क्यान्सर पीडित भएको कारण दुर्गा प्रसाईलाई उपचारको व्यवस्थासहित थुनामा पठाउने आदेश आएको छ l
आदेश लेखनमा सहभागी शाखा अधिकृतकाअनुसार, आदेश १ सय ५५ पन्नाको छ ।
तीनकुने घटनामै संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बारेमा भने आजको आदेशमा केही उल्लेख गरिएको छैन l अदालतमा उपस्थित नै नभएको भन्दै मिश्र र जबरालाई भने फरार प्रतिवादीको रूपमा अदालतले राखेको छ ।
‘उपस्थित नै नभएकाहरूको हकमा अभियोग दायर भएकै दिन फरार प्रतिवादीको हकमा पक्राउ पूर्जी जारी गर्ने भन्ने भएको छ l
दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि थुनामा
आदेश लेखनको काम दुई दिनदेखि नै भइरहेको थियो । धेरै प्रतिवादी र अभियोग एकैसाथ भएकाले आदेश लेखनमा ढिलो भएको जानकारी अदालत स्रोतले दिएको छ l
बिहीबार साँझ ५ बजे नै थुनछेक बहस सकिए पनि रातिमात्रै आदेश सार्वजनिक भएको थियो ।
तीनकुने घटनामा संलग्न प्रसाईंसहितको आदेश सार्वजनिक हुनुअघि अदालत परिसरमा भिड भाडको स्थिति थियो l आदेश ढिला भएकोमा नाराबाजी समेत गरिएको थियो l अदालतमा प्रसाईका आफन्त, प्रहरी र सञ्चारकर्मी उपस्थित थिए ।
तीनकुने घटनामा प्रहरी प्रतिवेदन भन्छ : ९ समूहका ३९ जनाको राज्यसत्ता पल्टाउने योजनाबद्ध प्रयास थियो l प्रसाईँ विरुद्ध सरकारले राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी गरेको थियो ।
बिहीबारको आदेशले थुनामा परेकाहरू
दुर्गा प्रसाद प्रसाईं
तारा राजावादी भन्ने सरोज गौतम
अनुप राजावादी भन्ने गोकर्ण शाही
डण्डपानी रेग्मी
शुसिल बराल
केशव बस्नेत
कुमार तामाङ
धरौटीमा छुट्नेहरूलो लिस्ट :
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...