अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया ७ मत बढी पाएर निर्वाचित
काठमाडौँ: नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्ष पदमा डा. सुजन कडरिया निर्वाचित भएका छन् ।
आफ्ना प्रतिद्वन्द्वी प्रकाश पौडेलभन्दा ७ मत बढी प्राप्त गर्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् । कडरियाले कुल ७ सय ३२ मत पाएका थिए भने पाैडेलले ७ सय २५ मत प्राप्त गरे ।
१५५१ मतदाता रहेको अखिलमा १४५० मत खसेको थियो । महासचिवमा दीपक धामी निर्वाचित भएका छन् । उनी पनि कडरियाकै प्यानलबाट महासचिवका उम्मेदवार थिए ।
अनेरास्ववियुमा निर्वाचित टीम
अध्यक्ष: सुजन कडरिया
उपाध्यक्ष : अञ्जना सिवाकोटी, विकास श्रेष्ठ
महासचिव : दिपक धामि
उपमहासचिव: कमल जोशी
सचिव : आकाश घर्ती
सचिव: रचना सापकोटा
सचिव : समिम बाबु
सचिव : गोपाल नेपाल
आयोग अध्यक्ष :प्रकाश बिष्ट , सुमन घिमिरे , जित प्रसाद सिटौला
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...