७ श्रष्टाका संयुक्त रचना वाचन कार्यक्रम हुने

सुरेश भट्ट आश्रिन- उज्यालो लाल्टिन प्रतिष्ठान देवदहको आयोजनामा कार्तिक १० गते होटल सनलाइनटमा "उज्यालोमा श्रष्टा" नामक साहित्यिक कार्यक्रम हुने भएको छ । समाजको पारर्दशिता , साहित्य र पत्रकारीता भन्ने मुल नारा लिएर स्थापना भएको नवयुगका युवाहरुको समुह उज्यालो लाल्टिन प्रतिष्ठानले सामाजिक रुपान्तरण , सामाजिक न्याय , समान सहभागिता र युवा जागरणका निमित्त उज्यालो अभियानलाई निरन्तरता दिने गरि कार्यक्रम तय गरिएको प्रतिष्ठानका सल्लाहकार सागर भट्टराईले जानकारी दिएका हुन् ।
यसअघि पनि दशै , तिहार र छठको अबसरमा देउसी , भैलो कार्यक्रम मार्फत जनचेनतामुलक र सेवामुखी कार्यक्रम गरि एम्बुलेन्स समाजका लागि हस्तान्तरण गरेको प्रतिष्ठानले यसपालिको तिहारलाई साहित्यमय बनाउँदै सामुदायिक विद्यालयमा जेहन्दार तथा विपन्न वर्ग लक्षित "उज्यालो अक्षयकोष" स्थापना गर्ने हेतु उक्त साहित्यक कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानकि अध्यक्ष समज्ञा अधिकारी दिइन ।
उक्त कार्यक्रममा सुनसरीबाट साहित्यकार श्री भवानी नेपाल , कवि दीप मिलन- रूपन्देहीबाट ,गजलकार आर सी संकल्प गोरखाबाट ,राज यात्री लम्साल मोरङबाट ,सरोज संगम- म्याग्दीबाट, ईन्धन डि बी भण्डारी- गुल्मीबाट र पूजा जिज्ञासु- पाल्पाबाट गरि ७ श्रष्टाका संयुक्त रचनावाचन कार्यक्रम हुने संयोजक सुरज भण्डारी जानकारी दिए ।
देवदह नगरपालिकाको आर्थिक सहयोग अनुराग साहित्य समाज र युगिन साहित्य समाज देवहको समन्वयमा यति ब्रुअरी लिमिटेडको प्रायोजनमा कार्यक्रम सम्पन्न हुँदैछ ।
कुनै ठेकेदार कमरेडले हस्ताक्षर गरेर दिएकाे खाली चेक छ
यात्राका अनुभूति र नजिकका सबै दृश्यहरू नियात्राकारको ब्रम्हबाट तानिएका छन् ।
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।