कथा वाचिका देवी प्रतिभा बारे आलोचनात्मक विमर्श - सीमा आभास
भारतमा चर्चित नेपाली पुराणवाचिकाले काठमाडौँ नेपालमा आएर पनि आठदश जना अङ्रग रक्षक लिएर हिँडेको कुरा चर्चामा छ । उनका वाणीहरू पनि आलोचना विवाद र चर्चाका विषय बनेका छन् l कथा वाचक/वाचिकासँग उनीहरूले दिने प्रवचनसँग मेरा (अ)सहमतिहरू छन् ।
तर, यत्तिको दम राखेर हिँड्नु गर्वको कुरा हो । मलाई त मन परेको छ । मार्क्सवादको भाषण गर्नु, समाजवादको भाषण गर्नु र पुराण वाचन(भाषण) गर्नुलाई जेजे नाम दिए पनि राजनैतिक बिषय हुन् । समाजवादी, राजावादी, लेनिनवाद, धर्मवादी... ... अलग अनुहार र नामका एकै उद्देश्य हुन ।
अहिले जेलाई धर्म भनिन्छ त्यो विल्कुल राजनीतिक बिषय हो । उनी धर्मवादी हुन । धर्ममा लीन् हुन समाजले महिलालाई बढी धकेल्ने गर्छ । ती महिलाहरूकी मुख्य लिडर हुन । (भिडियोमा महिलाकै बढी भिड छ ।) आजसम्म को नेपाली केटीले यतिका बडीगार्ड सहित हिँड्न सकेका/पाएका थिए ! यिनी हिँडिन् ।उनको यस्तो उपस्थिति एउटा नबोलिएको आवाज हो । सार्वजनिक रूपमा बडीगार्ड सहित हिँड्नु गजब छैन त ! दम देखाइन !
भात पकाउ, भाडा मोल, लुगा धोउ... ... यी सबबाट माथि उठेर चट्टसँग बडिगार्डको बीचमा शानले हिँडिन् । मलाई त टेस परेको छ है । हामीले खुसी हुने विषय हो । यतिको भएपछि उनीसँगको अपेक्षा छ महिला शसक्तिकरणका कुरा पनि कथामा भनुन् । महिलालाई भिरू हुनबाट जोगिने उपाय कथामा बुनुन् । आत्मासम्मानका कुरा गरून् !... ...नारी अस्मिताका बारे बोलून l आत्मसम्मान र स्वाभीमान बारे प्रेरणादायी कथा हालून् l समाजलाई आधुनिक र विज्ञानसँग जोड्ने उपाय सिकाउन् l नारी मनोविज्ञान बलियो बनाउने बारे प्रवचन गरून् l पराश्रित बन्ने परम्परा र रुढ सोचको जरा उखेल्ने साधना र लगनको कुरा पस्कून् l
आउने बहिनी पुस्ताले पनि यिनलाई देखेर दमदार सपना बुन्नसक्छन् । यो दृश्यले बहिनी पुस्तालाई दमदार बन्छु भनेर परिकल्पना गर्ने आकाश निर्माण गरिदिन्छ ।
धर्मशास्त्रमा डिभोर्स
विवादित विषय डिभोर्सका बारेमा मैले जानेसम्मका केही कुरा संक्षिप्तमा भन्ने कोसिस गर्छु ।
वाचक/वाचिकाहरूले पुराणमा अचेल पतिपत्नीका बिषयमा खुब रमाएर बोलेको देखिन्छ । रोमान्टिक गीतलाई रिमिक्स गरि शब्दमा राधाकृष्ण राखेर नाचगानमा झुम्मिएको देखेकै छौँ/ रमाएकै छौँ । यस्को अर्थ हो हामीलाई यस्तो चाहिएको छ ।
पार्कमा गएर कुनै जोडि बस्यो भनेँ राज्यले पुलिसलाई समात्न पठाउँछ । छरछिमेक र आफन्तले कुरा काट्छन् । गेरूबस्त्र, टिका लगाएर पतिपत्नीका जोडिलिला, राधाकृष्णका प्रेमलिला वाचन गर्यो भनेँ भेटि चढाउँछन् । सबैले जय भन्दै प्रसाद दिन्छन् । धर्म भन्छन् ।
यौनका मामलामा विवादित धर्मगुरू र तिनका फलोअर्सलाई हेर्दा सहजै अनुमान लगाउन सकिन्छ समाजमा सामूहिक वर्ग यौनकुण्ठाले ग्रसित छ । यसरी कुण्ठित वर्ग सजिलो र स्वीकार्य बाटो (पुराण र यस्तै क्रियाकलाप)बाट क्याथरसिस पाइरहेका छन् । अर्को कुरा द्रव्य तिर्खा पनि प्रचुर छ । त्यो पनि भेटीबाट पाइरहेको छ ।
आखिरी कुरो मायाप्रेम र पतिपत्नीकै रहेछ । व्यक्त गरिने भाषा मात्र अलग रहेछ । पार्कमा जाँदा लगाउने लुगा र पुराणमा जाँदा लगाउने लुगाको अन्तर त हो रहेछ, आखिर पुग्न खोजेको "स्वर्ग" नै हो ।
यहाँ आत्मा, परमात्माका कुरा, ... ... इत्यादि ज्ञानका कुरा हुँदैनन् । हुन त मायाप्रेम र पतिपत्नीका सम्बन्धका बारेमा चर्चा गर्दा ज्ञान द्वार नखुल्ने त हैन ।
अब थोरै डिभोर्सका कुरा गरौँ-
"हाम्रो शास्त्रमा" "डिभोर्स" शब्द नचलेको भए पनि पतीपत्नीको बीचमा चित्त नबुझ्दा अलग रहने प्रावधान थियो । यसर्थ डिभोर्सको बारेमा हिन्दु धर्मशास्त्रको हवाला दिनु अघि यसको बहुआयामिक मिहीन अध्ययन वाचिकको लागि आवश्यक देखिन्छ l
केही उदाहरण :
राजा शान्तनुले वाचा तोडेपछि महारानी गङ्गाले राजालाई त्यागिन् । अहिलेको भाषामा यो डिभोर्सन नै हो ।
रामायणकी गर्भवती सीता दरबारबाट निस्किएर ऋषि आश्रममा गइन र रामसँग आएर कहिल्यै बसिनन् । यो अर्को डिभोर्स हो ।
महाभारतमा मणिपुरे राजकुमारी चित्राङ्गदाले पति अर्जुनका विरूद्धमा छोरा बब्रुवाहन खडा गरेर मार्नै लगाइन् । कृष्णले भलै अर्जुनलाई ब्यूँताए । अर्जुनका पत्नी उलुपी र चित्राङ्गदा पनि पतिसँग गएनन् । बरु दुश्मनी गरे । यो पनि डिभोर्सको एक रूप नै हो ।
अहिले मैले यति सम्झेँ ।
डिभोर्सका मात्र कुरा हैनन् यौनचयन अधिकार र बच्चा जन्माउने इच्छाधिकार पूर्ण रूपमा महिलामा मात्र थियो ।
मासिकधर्म सम्बन्धि अहिलेको जस्तो छुवाछुते पाप धर्मको नियम पनि थिएन । महिलाहरूको शरीरमाथि पूर्ण अधिकार आफैँमा निहित थियो । उदाहरण पेश गर्नुपरे गरौँला ।
गोरखापत्र संस्थान, मधुपर्क मासिकको आयोजना तथा शैलुङ गाउँपालिका, शैलुङ पर्यटन तथा कालापानी बजार टोल व...
सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू ! सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू !
यहाँ पुगेका भन्दा टुटेका सपना धेरै छन्, यहाँ टुटेका भन्दा छुटेका सपना धेरै छन्