करण परियारको गायनले जित्यो 'नेपाल आइडल सिजन ५' को उपाधि
काठमाडौं, असार ९ - गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारको हातमा पुगेको छ l शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरू मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई उछिनेर करण विजेता बन्न सफल भएका हुन् । दर्शकको दर्शकको निर्णायक भोटका आधारमा करणले जित हासिल गरेका हुन् l
उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे । दार्जिलिङकै मोहित भुजेल थर्ड रनरअप भए । उनले स्कुटर पुरस्कार प्राप्त गरे ।
चार महिनादेखि जारी नेपाल आइडल सिजन ५ को विजेता दर्शकको भोटको आधारमा गरिएको हो । नेपाल आइडलका निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्काेटा छन् । शोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गरेका थिए ।
सिजन ५ को अडिसन गत पुस २१ देखि सुरु भएको थियो भने फागुन २४ देखि प्रसारण भएको थियो । सिजन ५का लागि देशभरिबाट १५२ जना छनौट भएका थिए ।
ग्रान्ड फिनालेमा नेपाल आइडल सिजन ३ की विजेता सज्जा चौलागाईं, पूर्वप्रतिस्पर्धी समेत रहेका गायक-गायिकाहरू प्रताप दास, प्रवीण बेडवाल, मेनुका पौडेल, अफ्सर अली, यो सिजनका टप १० प्रतिस्पर्धी लगायतले प्रस्तुति दिएका थिए ।
नेपाल आइडललाई एपीवान टेलिभिजनले निर्माण गर्दै आएको छ । शोका निर्देशक सुरेश पौडेल छन् l
स्मरणीय: फोटो सामाजिक संजालबाट साभार
जीवनका कुनै पनि चरण, शुभारम्भ, मध्य वा उत्तरार्धमा सुन्न मिल्नेगरी तयार भएको यस गीतले जन्मलाई सार्थक...
'जादुयी स्वरकी धनी गायिका नीता आचार्यको मातृभूमि प्रेम' शीर्षकमा अकबरे.कमले गायिका निता आचार्यको फिच...
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु