स्वस्थ वातावरण राख्नेलाई स्वस्थ बाँच्ने हक हुन्छ - सम्पादकीय

हामीले टेकेको जमिन,ओढ्ने आकाश, पिउने पानी, श्वास लिने हावाप्रति हाम्रा पनि दायित्व ,कर्तव्य =,सीमा र यथेष्ट भूमिकाहरु छन् ! धर्तीमाताको स्वास्थ्यको यथोचित ख्याल गरौ । वातावरण दिवसलाई हरेकले आफनो स्वास्थ्य र परिवार, समाज अनि देश हुँदै पृथ्वीको दिगो स्वाथ्यसँग जोडेर हेर्यौ, व्यवहार गर्यौं भने पृथ्वीले माया र सम्मान पाउनेछ हामीले स्वस्थ जीवन,तसर्थ प्राणी र वातावरणको अभिन्न साइनो बुझौं । वातारणीय सन्तुलन र प्रकृतिमुखी जीवनशैली आजको आवश्यकता हो l पृथ्वी साझा घर हो l साझा घरसँग पृथ्वीवासीको चाहे त्यो जुनसुकै कुनामा बसेको किन नहोस् साझा दायित्व र कर्तव्यहरू रहेका हुन्छन् l
पृथ्वीका अन्य प्राणीले प्राकृतिक रूपमा वातावरण सन्तुलन कायम गर्न भूमिका निर्वाह गरेका हुन्छन् हामी त मानव यो धर्तिप्रति थुप्रै कर्तव्य र दायित्व छन् जसलाई सचेत भएर पालना गरौं । हिमाल, नदीनाला, खोलाताल तलैया,वन जङ्गल, माटो,हावा सर्वत्र स्वच्छ र सफा राख्नु हाम्रो दायित्व हो l
आज विश्व वातावरण दिवस । वातावरण संरक्षण र सम्बर्द्धन गरौं । स्वस्थ वातावरण र स्वस्थ पृथ्वी राख्नेलाई स्वस्थ बाँच्ने हक हुन्छ l
हरण गरिएको आत्मसम्मान, पुगेको नैतिक घाटा, दुख दिएर खोसिएको सामाजिक साखको क्षतिपूर्ति कहिल्यै र कसैगर...
अग्रिम र सिस्टमेटिक टिकट बुकिंग व्यवसायीलाई सहुलियत यात्रुलाई भरपर्दो र प्रभावकारी सेवामामा राज्यका...
दलितलाई हेर्ने दृष्टिकोण सच्याउन र सच्चिन सरकार र विशेषगरी केपी ओलीलाई हार्दिक अपिल गरिन्छ l प्रश्न...