जीवनका लागि गीताज्ञान अभियानको तर्फबाट नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भुपाल राईलाई ध्यानाकर्षण पत्र

गीता ज्ञान प्रवर्द्धन गर्दै यसको व्यापक प्रचारप्रसारसहित गीताको वैज्ञानिक, प्राज्ञिक र आध्यात्मिक मूल्य खोज्न क्रियाशील गीता फर लाइफ (#gita4life) जीवनका लागि गीताज्ञान अभियानले जेठ २२ गते नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति श्री भुपाल राईलाई उहाँकै कार्यकक्षमा ध्यानाकर्षण पत्र बुझाएको छ l साथसाथै उक्त अभियानको घोषणापत्र पनि कुलपति राई समक्ष हस्तान्तरण गरिएको अभियानका सङ्कल्पकर्ता सहप्राध्यापक डा. हरिचन्द्र कमलीले akabarey.comलाई जानकारी गराउनु भएको छ l
गीता ज्ञानको बारेमा विभिन्न समयमा विविध दृष्टिकोण सहित अध्ययन अनुसन्धान हुँदै आएको र यसको विश्व प्राज्ञिक क्षेत्रमा विशेष पहिचान र महत्त्व रहेको तथ्यलाई मनन गर्दै यसले व्यक्ति ,समाज, राष्ट्र साथै र समग्र विश्वलाई नै मार्गदर्शन गर्न सक्ने हुँदा गीताको अझ अध्यन अनुसन्धान र विमर्शको जरुरत देखिएको छ l यसर्थ गीता ज्ञान प्रवर्द्धन गर्दै यसको व्यापक प्रचारप्रसारसहित गीताको वैज्ञानिक, प्राज्ञिक र आध्यात्मिक मूल्य खोज्न क्रियाशील गीता फर लाइफ अभियान लागि परेको छ l
यस सन्दर्भमा अभियानको तर्फबाट गीता ज्ञानको व्यापक प्रचारप्रसार गरी राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा प्रवर्द्धन गर्नको लागि प्रत्येक वर्ष अन्तराष्ट्रिय स्तरको गोष्ठी तथा सेमिनार आयोजना गर्न अनुरोध गर्दछ भन्दै ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ l
पत्र हस्तान्तरण कार्यक्रममा अभियानका सङ्कल्पकर्ता कमलीले अभियानको औचित्यबारे प्रष्ट पार्दै, ध्यानाकर्षण पत्र वाचन गर्नु भएको थियोभने, अभियानको वरिष्ठ अभियान्ता श्री कमला घिमिरेले कुलपति श्री भुपाल राईलाई उक्त पत्र हस्तान्तरण गर्नुभएको थियो । उक्त टोलीमा अर्का सक्रिय अभियान्ता श्री वेदप्रसाद उपाध्यायको पनि उपस्थिति थियो ।
उक्त पत्र ग्रहण पश्चात कुलपति राईले गीता ज्ञानको बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थप नयाँ खोज र अनुसन्धानका लागि सक्दो साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
साथै नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धन प्रसाद सुवेदीले यो अभियानको लक्ष्यअनुरूप कार्यमा प्रतिष्ठानले सक्दो सहयोग दिने र अभियानसँग प्रतिष्ठान सहकार्य गर्न तयार रहेको जानकारी गराउनु भयो ।
गीता फर लाइफ (#gita4life) का तर्फबाट डा. हरिचन्द्र कमलीद्वारा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्र :
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइने चलन छ l
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व धूमधामका साथ मनाइन्छ ।
पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् ।