खाँचो युग जन्माउने नेताको - सम्पादकीय

नेताहरू बारम्बार जन्मे । नेताहरूले पार्टी पनि जन्माए l नेताहरूप्रति जनताले ठूलो भरोसा पनि राखे । तर नेताहरूले \ काम गरेर आन्दोलन गरेर व्यवस्था बदले तर जनताको अवस्था खासै बदलिएन l अपवाद स्वरूप केही काम भए युग अर्कै भयो तर जति हुनुपर्थ्यो जे हुनुपर्थ्यो र नेपालको आर्थिक सामाजिक सांस्कृतिक राजनीतिक रूपान्तरण विकासको गति र राजनीतिक संस्कृतिको निर्माणको यात्रा जहाँ पुग्नुपर्थ्यो त्यहाँ पुग सकेन l समयको गतिसँगै हुने नियमित र स्वाभाविक विकास बाहेक युग जन्माउने गरी नेता जन्मिन सकेका छैनन् । जनता आज पनि युग जन्माउने सपना बोकेर विभिन्न पार्टीका अनेकथरी नेताहरूसँग अपेक्षा गर्छन् । अविश्वसनीय र अदूर्दर्शि हुनु नै नेताहरूको साझा चरित्र र विशेषता भयो l यसर्थ युग उद्भव हुन् सकेन l
युग भनेको इतिहासको नव निर्माण हो । समतामूलक समाज हो । भेदभाव रहित देश निर्माण हो । हाम्रो देशमा आज पनि हजारौं वर्षदेखि मान्छे हुन नपाएको पीडाको घाउ बोकेर साठी लाख मान्छे दलित ( अछुत ) बनाइएका छन् । जातपात र छुवाछुतको दलनको जाँतोले पिसिएर र ढिकीले कुटिएर बाँच्ने मान्छेको लागि नव उदीयमान शक्तिले आफ्नो विशेष क्षमता देखाउनु आवश्यक हुनथ्यों l त्यसको छेकछन्द नदेखिनु अहिलेको मन्त्री परिषदमा दलित निषेध गर्ने दलहरूको नीतिले प्रष्ट हुन्छ । नयाँ भनिएको दलसँग पनि दलितलाई हेर्ने दृष्टिकोणमा पुरानै दल र पार्टीको जस्तै एकपक्षीय जातिवादी चस्मा देखिएको छ l
इतिहासको असली निर्माता आम मान्छेहरू हुन् l तर इतिहास निर्कोमाणको नेतृत्व दलले र नेताहरूले नै गर्ने हो l तर नेताहरू युग बनाउने युग चिनाउने निर्माता हुन सकेनन् । नेताले जनताको इतिहास निर्माण गरुन् भन्ने अपेक्षा आज पनि अधुरो अपुरो नै रहयो l नेता जन्मिए दुरदर्शी नेता जन्मिएनन् l अब नेता जन्माउने युगको सपना कतिन्जेल देखिरहने ? औसत भन्दा माथि उठन नसकेका नेता र नेताहरू चिन्न नसक्ने जनता आजको दुर्भाग्य हो l दुर्भाग्य फेरेर भाग्य जन्माउने दिन छिटो प्राप्त होस् l
हरण गरिएको आत्मसम्मान, पुगेको नैतिक घाटा, दुख दिएर खोसिएको सामाजिक साखको क्षतिपूर्ति कहिल्यै र कसैगर...
अग्रिम र सिस्टमेटिक टिकट बुकिंग व्यवसायीलाई सहुलियत यात्रुलाई भरपर्दो र प्रभावकारी सेवामामा राज्यका...
दलितलाई हेर्ने दृष्टिकोण सच्याउन र सच्चिन सरकार र विशेषगरी केपी ओलीलाई हार्दिक अपिल गरिन्छ l प्रश्न...