श्रमजीवी भीमबहादुर भुजेल र डाक्टर गोविन्द केसीका फोटो संवाद

भीमबहादुर भुजेललाई भेट्न डाक्टर गोविन्द केसी आफ्नो जागिरको अवकास प्राप्त गरेको पर्सिपल्ट २०७६ मा दोलखाको तामाकोसी पुगेका थिए l आफ्नो मामा घर दोलखा झुले, जफे पुगेका बेला आफ्ना बाल्यकालका सहयोगी मामाघर र घर ओहोर दोहोर गराउने व्यक्ति मावली गाउँका मामा भीमबहादुर भुजेल र उनका दाजुलाई डाक्टर केसी उनीहरूको घर गएका थिए l बाल्यकालीन कुरा गरे दुखसुखका कुरा गरे, भीमबहादुरको स्वास्थ्य स्थति बारे सोध खोज गरे l
भीमबहादुर भुजेल पनि अविवाहित सामाजिक व्यक्ति हुन् l उनी एक्लै बस्छन् l श्रम गरेर खान मन पराउने एक स्वाभिमानी नेपाली हुन् l डाक्टर केसी पनि सामाजिक व्यक्ति र अविवाहित छन् l भीमबहादुर आफ्नो सामर्थ्य पुग्ने गाउँका समाजसेवी हुन् भने डाक्टर केसी देश विदेशका समाजसेवी हुन् l
उमेरले ८० भए पनि नागरिकतालिँदा उमेर कम भएको कारण सामाजिक सुरक्षा भत्ता धेरै पछि मात्र हात पारे l भुजेलको जीवनदर्शन काम गरेर खाउ र सबको भलो चिताउ हो l भीमबहादुर भुजेलको रिस कडा छ l उनी बाटोको ढुङ्गामा ठोकियो भने त्यो ढुङ्गालाई बेस्स्सरी सराप्छन् र उखालेर पन्छाएर नै छाडछन् l
उनी आफूले ढुङ्गामा ठोकिनु परेर दुख पाएको कारण अरूलाई न ठोक्कियोस् भनेर त्यो ढुङ्गालाई बाटोमा अवरोधको कारण नबनोस् भनेर पन्छाई छाडछन् l उनले बाटोमा अरूकाप्रति भलो चिताएर गर्ने काम अन्य पनि छन् l गाउँघरको बाटो सफा गर्छन् l
खेतीपाती र जीवन व्यवहारका कुरा गर्छन् l सरल छन् l जिन्दगीप्रति कुनै गुनासो छैन तर छद्मभेषी मान्छेको चरित्र र धोका दिने नियतसँग भने यिनी बेहद रिसाउँछन् l समाजमा भीमबहादुर भुजेलहरू जस्ता सामाजिक भावना भएका र सबको भलो चिताउने मान्छे छन् र समाजमा मानवता सहयोग र शुभेच्छाको दियोमा तेल सकिएको छैन l
स्मरणीय : भीमबहादुर भुजेल र डाक्टर केसीको फोटो - श्रीबाबु कार्की, अन्य फोटो उमेश कार्की र बाँकी फोटो अकबरे डट कम l
विश्व साइकल यात्री पुष्कर शाहलगायतले मन्तव्य राखेको कार्यक्रमको स्वागत मन्तव्य अमीर भाषण अमीर मसालद्...
कार्टुन कथा कुम्भकर्ण ६ -६ महिना सुत्नुको रहस्य पत्ता लाग्यो l
सोही स्थान पार गरेर ज्ञानेन्द्र शाह जाँदै गरेको र गगन थापा पर बसेर छड्के नजरले हेरीरहेको दृश्यलाई रु...