समतामूलक समाज निर्माणको नयाँ घाम लागोस् - सम्पादकीय

हाम्रो समाज मा जुन किसिमको जातीय असमानता छ l वर्गीय विभेद छ l हुने र हुँदा खाने बिचको खाडल छ l मान्छेलाई हेर्ने दृष्टिकोणमा जुन किसिमको चरित्र छ l मान्छे छुत र अछुत मान्ने जुन परिपाटी छ l यसको अन्त्य गर्नु जरुरी छ l मानवीय सम्बन्धहरूमा आइ परेका सङ्कट र विरोधाभासहरू चिर्न समाजले देखाउनु पर्ने ठुलो छाती आवश्यक छ l मान्छे मान्छे बिच जातको नाममा जुन विभेद छ त्यो सर्वथा निन्दनीय छ l सबै मान्छेको समान मर्यादा, अस्तित्व, स्वतन्त्रता र पहिचान आजको सामयिक चिन्तन हो l मान्छे कर्मद्वारा महान बन्छ जन्म संयोग विशिष्ट र अशिष्ट मानव हुने अवधारणा त्याज्य चिज हो l मान्छेको जात मान्छे मात्र हो l मानवता भन्दा ठुलो मूल्य र प्राप्ति अरू हुन सक्दैन l मानवता पर्वर्द्दन गर्न लागौं l २०८१ मा झुल्केको घामले जसरी कसैलाई पक्षपात र विभेद गर्दैन, प्रकृतिको हावा,पानी र आगोले कुनै फरक रियाक्सन जात धर्म र संस्कृति हेरेर गर्दैन त्यस्तै मानवता भन्ने चिजको पनि आयाम प्रकृतिका घाम,पानी, हावा र आगो जस्तै फराकिलो र बृहत हुनु पर्दछ l हामीले जातको नाममा पर्दर्शन गर्दै आएको लघुताभास र विभेदगर्ने मानसिकता छोडेर 'वसुधैव कुटुम्बकम्'को भावना आत्मसात गर्दै अगाडि बढ्नु परेको छ l २०८१ मा लाग्ने घामपछि अब कहिल्यै र कसैलाई जातीय भेद, रङ्ग भेद र लैङ्गिक भेद गरेको देख्न सुन्न नपरोस् l मानवताको फराकिलो आँगन सबैको लागि सुरक्षित र संरक्षित बनोस् l नयाँ वर्ष २०८१ को सुखद अवसरमा तमाम नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना ! akabarey.com आफ्ना समस्त पाठक, लेखक,दर्शक, विज्ञापनदाता र सहयोगी सबै आदरणीय मनहरू प्रति नयाँ वर्षको विशेष सम्मान र शुभकामना व्यक्त गर्दछ l पृथ्वीमा समतामूलक समाज निर्माणको नयाँ घाम लागोस् l
शीघ्रातिशीघ्र सामाजिक संजाल दर्ता गर्ने वातावरण तयार गर्दै यसको निषेध र वञ्चना फुकुवा गरियोस् l
हरण गरिएको आत्मसम्मान, पुगेको नैतिक घाटा, दुख दिएर खोसिएको सामाजिक साखको क्षतिपूर्ति कहिल्यै र कसैगर...
अग्रिम र सिस्टमेटिक टिकट बुकिंग व्यवसायीलाई सहुलियत यात्रुलाई भरपर्दो र प्रभावकारी सेवामामा राज्यका...