काठमाण्डौ
नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका लागि भएपनि यस गीतले नेपाली संगीतको सागरमा केही योगदान दिने गायक डुम्रेले विश्वास लिएका छन् l
गीतको भिडियोमा लोमस शर्मा र अस्मिता रनपालको आकर्षक अभिनय देख्न सकिन्छ । मौलिक स्वादमा तयार भएको गीतको भिडियो कुमार केसीद्वारा निर्देशित अजय रेग्मीको छायांकन तथा अमृत चापागाईँको सम्पादनमा आएको छ ।
जीवनका कुनै पनि चरण, शुभारम्भ, मध्य वा उत्तरार्धमा सुन्न मिल्नेगरी तयार भएको यस गीतले जन्मलाई सार्थक...
'जादुयी स्वरकी धनी गायिका नीता आचार्यको मातृभूमि प्रेम' शीर्षकमा अकबरे.कमले गायिका निता आचार्यको फिच...
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु