अकबरे डट कम मार्फत् गायिका नीता आचार्यको माइली राईलाई सहयोग रकम हस्तान्तरण
काठमाडौँ, फाल्गुन ३०
अमेरिका निवासी गायिका तथा सामाजिक व्यक्तित्व नीता आचार्यले श्रीमान् गुमाएर पीडामा रहेको र चरम आर्थिक सङ्कटमा रहनु भएकी माइली राईको बारेको समाचार सुनेर मानवताको न्यानो बाँडी दिन akabarey.com मार्फत् सहयोग रकम पठाउनु भएको छ l उक्त सहयोग रकम akabarey.com का संचालक र सम्पादकद्वारा माइली राईलाई २०८० चैत्र ३० गते पशुपति किरियापुत्री भवन कोठा नं. १०७ मा पुगेर रू. एघार हजार ( ११०००) हस्तान्तरण गरिएको छ l रिक्सा चलाएर जीवन निर्वाह गर्दै आएका माइली राईका श्रीमान पाण्डव राईको निधनपछि शव वाहनको लागि रकम नभएको र दाहसंस्कारको लागि समेत असहज स्थिति पैदा भएकोले नीता जस्तै थुप्रै मनकारीको माध्यमबाट सहयोग जुट्दै गएको माइली राईले जानकारी दिनु भएको छ l माध्यमको लागि अकबरे डट कम र सहयोगको लागि नीता आचार्यलाई पति वियोगको शोकमा रहनु भएकी माइली राईले धन्यवाद र आशिर्वाद भन्नु भएको छ l
समाजमा आफूले सकेको गर्नु पर्छ र धेरैले थोरै थोरै सहयोग गर्दा पनि पीडितलाई राहत पुर्याउन सकिन्छ l आफूले गरेको सहयोग पीडितसम्म पुर्याउन समाजसेवी नीताले अकबरेलाई अनुरोध गर्नु भएकोले हामीले उक्त सहयोग आज हस्तान्तरण गरेका छौं l सामाजिक काममा आफू मध्यस्त बन्न पाएकोमा akabarey.com गायिका नीता आचार्यप्रति आभारी छ l
“नेपालमा मैले शिक्षादानको माध्यमबाट समाज रूपान्तरणको प्रयास थालेँ । जब अमेरिका आएँ, त्यही सेवाभावलाई...
डुङ्गामा १५४ जना मानिस थिए। यसमध्ये १२ जनालाई मात्रै सकुशल उद्धार गर्न सकिएको छ।
यो भ्रमणमा युरोपेली संघसँगको प्रमुख व्यापार सम्झौताको खाका पनि तय भएको छ ।