गायक राजु परियारलगायत गीत संगीतका साधकहरूलाई विन्ध्यावासिनी फाउण्डेसनले सम्मान गर्ने

काठमाडौं -
झलकमान लोकसंगीत सम्मा बाट २०८० गायक राजु परियार सम्मानित हुने भएका छन् l विन्ध्यावासिनी फाउण्डेसनले लोक दोहोरी गायक राजु परियारलाई झलकमान लोक संगीत सम्मान २०८० प्रदान गर्न लागेको हो।
शनिबार आयोजित फाउण्डेसनको दशौं वार्षिक भेलाले उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।गायक परियारलाई २५ हजार रुपैयाँ राशीसहित सम्मान प्रदान गरिने भएको हो ।
त्यस्तै म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८० अग्रज गायिका मीरा राणालाई सम्मानित गरिने भएको छ । नगद एक लाख रुपैयाँ राशिसहित सम्मानपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।
बिन्ध्यवासिनी संगीत साधना सम्मान २०८० बाट नगद ५० हजार रुपैयाँ राशिसहित वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझी सम्मानित हुनेछन् । भेलाले बिन्ध्यवासिनी २५ हजार रुपैयाँ राशिसहितको कला पत्रकारिता सम्मान पत्रकार शान्तिप्रियलाई अर्पण गर्ने निर्णय गरेको छ ।
प्रेमध्वज संगीत रत्न सम्मानबाट यो वर्ष २५ हजार रुपैयाँ नगदसहित युवा गायक रूपक डोटेललाई सम्मान गर्ने निर्णय भएको छ । म्युजिक अवार्डको १४औं संस्करण चैत १ गते आयोजना हुने जनाइएको छ
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु
‘नेपाल आइडल’ सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले आफ्नो बनाउन सफल भएकी छन् ।
अभिनेता आचार्यले उक्त चलचित्र आउँदो दसैँलाई लक्षित गर्दै असोज १३ गते प्रदर्शन हुने जानकारी दिनुभयो ।