काठमाडौं-गायिका नीताता आचार्यको 'गरिदेउ विदा' बोलको गीत सार्वजनिक भएको छ । नीता आचार्यको अफिसियल युट्युब च्यानल मार्फत उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
गीतमा चर्चित गायिका नीत आचार्य र सीडी विजय अधिकारीको स्वरमा रहेको छ । सागर बास्तोलाको शब्द रहेको गीतमा ऋषि खड्काले संगीत दिएका छन् ।
‘दृष्यमा खप्तड शृंखला २’ अन्तर्गतको उक्त म्युजिक भिडियोमा चर्चित मोडेल सनम कठायत र स्मारिका ढकालले अभिनय गरेका छन् । उक्त भिडियोमा मोडेल कठायत नयाँ भूमिका देखिएका छन् ।
जनक सिंहको निर्देशन रहेको भिडियोको सिनेमाटोग्राफी दीपक गिरीको रहेको छ । गीतलाई खप्तड क्षेत्र वरपरका गाउँमा छायांकन गरिएको छ l
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु
गीता ज्ञानको महत्व र गरिमालाई जुन रूपमा समाजमा स्थापित गर्नुपर्ने हो सो रूपमा गर्न सकिएको छैन l
आज माघ १८ गते संसदको हिउँदे अधिवेशन सुरू भएको छ ,आज संसदमा अध्यादेश पेश गरिने कुरा आएको छ l