काठमाडौँ : “छ है गीता ज्ञान्, साच्चै अमृत समान” शीर्षकको भजन सार्वजनिक भएर लोकप्रिय बन्दै रहेको छ l गीता फर लाइफ अभियानअन्तर्गत सार्वजनिक गरिएको उक्त भजनलाई डा. हरिचन्द्र कमलीले रचना गरेका छन् l भागवत गीताको आध्यात्मिक सन्देशलाई जनजनमा पुर्याउने उद्देश्यसहित तयार पारिएको उक्त भजनमा नेपालका लोकप्रिय गायकहरू राजु परियार, नरहरि प्रेमी, कुलेन्द्र बी.के., लोचन भट्टराई, राधिका हमाल, अनीता चलाउने, हेमन्त भट्टराई, सुरज गुप्ता, गोविन्द मधुर आचार्य, अमृत खाती, अनिल श्रेष्ठ, सुरज रावल, सुरज भुसाल, वैकुण्ठ महत, कल्पना मल्ल, मीरा तामाङ, रेखा जोशी, बुद्धश्री लामा र रञ्जन थपलियाको स्वर रहेको छ ।
नरहरि प्रेमी (उपाध्याय) को संगीत रहेको उक्त भजनमा संगीत संयोजन र मिक्सिङ/मास्टरिङको जिम्मा कृष्ण बाजुरालीको रहेको छ । म्युजिक इरा स्टुडियोमा रेकर्ड गरिएको यस गीतको निर्माण गोकुल थापाको संयोजनमा सम्पन्न भएको हो । समग्र व्यवस्थापनमा योगमाला सिर्जना मैनाली, समन्वयमा सुदीप पौडेल र अभियानको दृष्यदर्शी नेतृत्वमा भावदत्त कमली रहेका छन् ।
नरहरि प्रेमी (उपाध्याय) युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भजनद्वारा युवा पुस्तालाई धार्मिक चेतना र सकारात्मक मूल्यमा आकर्षित गर्न सकिने विश्वास लिएको छ ।
'गीता ज्ञानको महत्व र गरिमालाई जुन रूपमा समाजमा स्थापित गर्नुपर्ने हो सो रूपमा गर्न सकिएको छैन तर हामी आफ्नो तर्फबाट अनेक तरहले गीताज्ञानको महिमा र महत्वलाई स्थापित गर्न प्रयासरत छौं l 'छ है गीता ज्ञान्, साच्चै अमृत समान'भन्ने भजनको रचना र रेकर्ड पनि यसै उदेश्यको लागि गरिएको हो l' डा. कमलीले भजन रचना र रेकर्डिङ्गको उद्देश्य प्रकाश पारे l
स्मरणीय : फोटो डा. हरिचन्द्र कमलीले उपलब्ध गराएका हुन् l
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु
आज माघ १८ गते संसदको हिउँदे अधिवेशन सुरू भएको छ ,आज संसदमा अध्यादेश पेश गरिने कुरा आएको छ l
@Akabareytvलाई पनि दर्शक स्रोताहरूले अपार माया गरिदिनु हुनेछ भन्ने विश्वास यसका संचालकहरूले लिएका छन...