रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने किशोरीका बाबुको सिन्धुलीको दुर्घटनामा मृत्यु

काठमाडौं
रामबहादुर बम्बजनविरुद्ध बाल यौन शोषणको जाहेरी दिने किशोरीका बाबुको दुर्घटनामा मृत्यु भएको छ।
जाहेरी दिने किशोरीका बाबुको मदनभण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–९ कोरुङ खोलामा मृत्यु भएको हो।
डकाहाबाट भिमानतिर जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले बा ५८ प ९१४१ र ना ११ प ५७५० नम्बरका दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो। जसमा बा ५८ प ९१४१ मा सवार किशोरीका बाबुको मृत्यु भएको प्रहरीले जनाएको छ। अर्को मोटरसाइकलमा सवार व्यक्ति भने उपचारपछि डिस्चार्ज भइसकेका छन्।
मृतक बम्जनविरुद्ध उजुरी दिने किशोरीका बाबु रहेको खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रहरीले जानकारी दिएको छ l
अहिलेसम्म त्यस्तो कुनै सङ्काकास्पद अवस्था नदेखिए पनि घटनाको सुक्अष्नुम सन्धान भइरहेको जानकारी प्राप्त भएको छ । ट्रयाक्टर चालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयसिन्धुलीले जानकारी गराएको छ l
व्यक्ति वेपत्ता, तथा बाल यौन शोषणको जाहेरी परेपछि फरार रहेका बम्जनलाई गत पुस २५ गते मात्रै केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेर जिल्ला अदालत सर्लाहीको आदेशपछि रामबहादुर बम्जन जलेश्वर कारागारमा थुनिएका छन् l
कुन उपायबाट कारागार आफ्नो नियन्त्रमा लिन सकिन्छ भनेर सुरक्षा संयन्त्र र प्रशासन सरसल्लाह गर्दै रहेको...
दुर्गा प्रसाईको जीवन रक्षाको लागि समेत विज्ञप्तिमा आव्हान गरिएको छ l
ट्रम्पको निर्णयले जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जन जस्ता क्षेत्रमा नकारात्मक अस...