गैरआवासीय नेपालीसङ्घ UAE को अधिवेशन सम्पन्न, अध्यक्षमा पासाङ्ग शेर्पा

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) यूएइको राष्ट्रिय महाधिवेशन डिसेम्बर ३०, २०२३ शनिबारका दिन सम्पन्न भएको छ। महाधिवेशनले पासाङ्ग शेर्पाको अध्यक्षतामा २३ सदस्य नयाँ नेतृत्व र नरबहादुर घलेलाई आइसीसी सदस्यमा निर्बिरोध निर्वाचित गरेको छ। उक्त अधिवेशन कार्यक्रमलाई सम्पन्न गर्न अन्य देशहरूबाट एनआरएनए पदाधिकारीहरू युएइ पुगेका थिए ।
आइसीसीका उपाध्यक्ष उमेश पुडासैनी कुवेतबाट र कतारबाट आइसीसी सदस्य आरसी पन्त, आइसीसी सल्लाहाकार धरम केसी अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी कतारका नव निर्वाचित एनसीसी का अध्यक्ष सुनील घिमिरे र महासचिव ध्रुवराज अधिकारी समेतको अधिवेशनमा सहभागिता रहेको थियो। नेपाल पत्रकार महासङ्घ यूएइका अध्यक्ष मेघराज सापकोटा, नेपाल तामाङ घेदुङ सङ्घ युएई अध्यक्ष डिल्ली राम तामाङ, थारु कल्याणकारी को अध्यक्ष भगिरथी कुमार भगत, ईनास युएई अध्यक्ष एम्डि बोहरा लगात विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
अथिति व्यक्ताको मन्तव्यको क्रममा कतारबाट गएका रामचन्द्र पन्तले —NRNA विभाजनको मुख्य कारण बिधान विपरीतका अवैधनिक कदम चाल्नु र अलोकतान्त्रिक प्रक्रियासंगत संस्थालाई विकसित गर्नू र बैधता प्राप्त गरेको नेतृत्वलाई स्विकार्न नसक्नु, संस्था श्रमिकमैत्री नभई अरबपतिहरुको क्लब जस्तो भएकाले एनआरएनए प्रति जनविश्वास गुमेको बताए । गैरआवासीय नेपाली संघ विनोद कुँवर नेतृत्वको एनआरएनएले पछिल्लो समय मध्यपूर्वका देशहरू, एशिया, युरोप, अमेरिकाको स्टेटहरूमा आक्रमक रूपमा नयाँ राष्ट्रिय समितिहरू निर्माण गर्दै र पुराना राष्ट्रिय समन्वय परिषद्को अधिवेशन धमाधम सम्पन्न गरिरहेको छ ।
निर्वाचित कार्यसमिति तथा आइसीसी सदस्य आइसीसी सदस्य नर बहादुर घले १. अध्यक्ष पासाङ्ग शेर्पा २ उपाध्यक्ष हरि मोक्तान ३ उपाध्यक्ष कृष्ण कटुवाल ४ उपाध्यक्ष टिएन शर्मा ५. युवा उपाध्यक्ष थानेश्वर तिमल्सिना ६. महिला उपाध्यक्ष सर्मिला तामाङ ७. महासचिव ईश्वर श्रेष्ठ ८. सचिव ओम प्रकाश शाह ९. सचिव बिक्रम तामाङ १०. सचिव रबिन्द्र अधिकारी ११. सचिव दिपक गुरुङ १२. सचिब ईन्द्रराज पौडेल १३. कोषाध्यक्ष अनुप तामाङ १४. सहकोषाध्यक्ष हर्क लोप्चन १५. प्रवक्ता- १६. युवा संयोजक अजय शर्मा काफ्ले १७. महिला संयोजक निशा भुजेल १८. सदस्य मनोज मास्के १९. सदस्य रमेश नेपाली २०. सदस्य बिनोद राई २१. सदस्य सोनाम गुरुङ २२. सदस्य मनोज भुजेल
“नेपालमा मैले शिक्षादानको माध्यमबाट समाज रूपान्तरणको प्रयास थालेँ । जब अमेरिका आएँ, त्यही सेवाभावलाई...
डुङ्गामा १५४ जना मानिस थिए। यसमध्ये १२ जनालाई मात्रै सकुशल उद्धार गर्न सकिएको छ।
यो भ्रमणमा युरोपेली संघसँगको प्रमुख व्यापार सम्झौताको खाका पनि तय भएको छ ।