विरोध गर्ने स्वतन्त्रता लोकतन्त्रको मौलिकता हो - सम्पादकीय

कालो झण्डा र विरोध प्रदर्शनको अधिकार लोकतन्त्रमा किन वर्जित र अपमानको विषयमा गनिन्छ ? नेताहरू पार्टीहरू निर्विवादित छैनन् l तसर्थ असहमतिमा कहीँ कसैले विरोध स्वरूप कालो झण्डा प्रदर्शन गर्ने कुरा सामान्य हो l
कालो झण्डा प्रदर्शनलाई नै वन्चित गरिनु र प्रदर्शनकारीलाई धरपकड गरिनु अनुचित हो l भौतिक आक्रमण र ढुङ्गा मुढा नगरून्जेल निश्चित समय भित्र प्रशासनले नै विरोध गर्ने असहमति राख्ने मौका दिनु पर्छ l कार्यक्रम नै विथोल्ने र नेता र कार्यकर्तालाई आक्रमण गर्ने काममा भने बन्देज नै गरिनु पर्छ l
विरोध जसको गरिएको हो, उसले पनि आफ्नो विरोध भएको थाहा पाउनु र आफ्नो ध्यानाकर्षण भएको बुझ्नु बुझाउनु सान्दर्भिक हुन्छ l विरोध गर्नेले निश्चित समयमा जसको लागि विरोध गरेको हो उसले देख्ने गरी विरोध गर्ने वातावरण सहित र प्रशाशनकै अनुमतिमा पार्टीहरूले गर्ने विरोध कार्यक्रम गर्न दिइनु पर्छ l सर्त भन्दा बाहिर गएमा कानुनी कारबाहीको लागि तयार छु भन्ने कागज गराएर विरोध प्रदर्शनको हक सुनिश्चित गरिनु पर्छ l विरोधलाई कालो झण्डालाई स्वभाविकरूपमा लिने र कसैको पनि कसैसँग वैरभाव र शत्रुता हुँदैन भन्ने नसोचौं l असहमति छन् l अनुभूतिमा भिन्नता छ l विषयलाई बुझ्ने र सम्बोधन गर्ने शैलीमा फरकपना छ त्यसैले विरोध र समर्थन हुन्छ नै l
पार्टीहरू छन् तिनका फरक फरक दर्शन छन्, विचार धारा छन् l सोच्ने तौर तरिका र काम गर्ने ढङ्ग पृथक-पृथक छन् त्यसैले वाद,भए पछि विवाद, तर्क खण्डन मण्डन स्वाभाविक र प्राकृतिक कुरा हुन् l कुनै पनि पार्टीको कार्यक्रमलाई अवरोध गर्न पाइन्न l पूर्व तिर एमालेको सङ्कल्प यात्राको क्रममा ओलीको बाटो छेकिएको छ l ओली माथि अवरोध गरिएको छ l त्यो निन्दनीय छ l
बन्देज कसैलाई गर्न हुँदैन तर विरोध गरेर ध्यानाकर्षण गर्न पाइने वातावरण निर्माण गरिनु पर्छ l लोकतन्त्रमा विरोधको हक रहन्छ तर विरोध भनेको अर्काको अस्तित्वलाई नष्ट गर्ने र भौतिक रूपमा नै नामेट पर्ने अस्त्र होइन l राजनीतिक रूपले प्रतिवाद गर्ने शान्तिपूर्ण अवस्था र व्यवस्था हो l अत: विरोधलाई असहमतिलाई मर्यदादित तवरले राख्ने मेसो मिलाउन यत्न गरौं l
कार्यकर्म गर्ने र विरोध गर्ने स्वतन्त्रताका मर्यादा र सीमाहरू छन् l विरोधका सभ्य र सुसंस्कृत विधि त तरिकाहरू पनि छन् l सभ्य विधिले मानवीय मर्यादा र राजनीतिक संस्कारको अनुभूति गराउँछ l अभद्र तरिकाले विरोध गर्दा राजनीतिक मूल्य स्खलन हुन्छ l राजनीति मूल्य र मान्यता सहितको गर्नु पर्छ l राजनीति भन्दै अराजनीति कसैले गर्नु हुँदैन l
हरण गरिएको आत्मसम्मान, पुगेको नैतिक घाटा, दुख दिएर खोसिएको सामाजिक साखको क्षतिपूर्ति कहिल्यै र कसैगर...
अग्रिम र सिस्टमेटिक टिकट बुकिंग व्यवसायीलाई सहुलियत यात्रुलाई भरपर्दो र प्रभावकारी सेवामामा राज्यका...
दलितलाई हेर्ने दृष्टिकोण सच्याउन र सच्चिन सरकार र विशेषगरी केपी ओलीलाई हार्दिक अपिल गरिन्छ l प्रश्न...