रुकुममा मारिएका नवराज विकका बुबासहितले भोलि काठमाडौँमा धन्यवाद सभा गर्ने

काठमाडौँ, मङ्सिर, २८
रुकुम सोती हत्याकाण्डमा मारिएका नवराज वि.क. को परिवार सहितको आयोजनामा आम न्यायप्रेमी र मानवाधिकारवादीहरूलाई धन्यवाद ज्ञापन गर्न नवराजका बुबा र लोकेन्द्र सुनारकी आमा काठमाडौँ आएका छन् l न्यायको पक्षमा आवाज बुलुन्द गर्ने न्यायप्रेमीलाई सङ्घीय राजधानी काठमाडौँबाट देशभर धन्यवाद र कृतज्ञता प्रकट गर्ने कार्यक्रम तय भएको छ l 'दलितका लागि दलित'का अभियन्ता 'आफ्ना लागि आफै'का प्रमुख खगेन्द्र सुनारले रुकुम नरसंहारमा परेका परिवारलाई रूकुमबाट काठमाडौँ लिएर आएका छन् l
दलित आयोगको कार्यालय कुपण्डोलमा आज, दलित आयोगका माननीय अध्यक्ष देवराज विश्वकर्माको उपस्थितिमा विभिन्न अधिकारकर्मी दलित अभियन्ताहरूको उपस्थितिमा भोलि ९ मङ्सिर २९ गते शुक्रबार तीन बजे रत्नपार्क शान्ति वाटिकामा धन्यवाद सभा आयोजना गर्ने निर्णय गर्यो l उक्त निर्णय बमोजिम उपस्थितिको लागि न्यायप्रेमी दाजुभाइ दिदीबहिनीमा अपिल गरेका छन् l र्याली भृकुटीमण्डपमबाट २ बजे सुरू हुनेछ भने धन्यवाद सभा शान्तिवाटिका हुने कुरा 'दलित आत्मरक्षा अभियान' का संयोजक डाक्टर मित्र परियारले जानकारी गराएका छन् l
रूकुम अदालतले गरेको फैसला न्यायको पक्षमा निष्ठाको पक्षमा र अन्यायको विरुद्ध भएको भन्दै नवराज विक लगायत रुकुमको जातीय नर संहारमा परेका परिवारले रूकुम पश्चिम अदालतको गेटमा पुष्पवर्षा गरेर कृतज्ञता प्रकट गरेको थिएभने जाजरकोटमा पनि न्यायप्रेमीको लागि धन्यवाद सभा आयोजना गरेका थिए l न्याय पाएको खुशियालीमा यसरी धन्यवाद र कृतज्ञता प्रकट गरेको घटना एउटा सुसंस्कृतिको नमुना पनि हो l त्यही शिलशीलाको एउटा कडी काठमाडौँको धन्यवाद सभा रहेको खगेन्द्र सुनारले बताएका छन् l
तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु l
जनमतबाट विभाजित नेताहरूको अगुवाइमा असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले स्वराज पार्टीको घोषणा गरेक...
हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सीमाना विस्तार ग...