अमेरिकी राष्ट्रपति पदको लागि दुई जना भारतीय मूलका उम्मेदवार बहसमा

आगामी बर्ष सन २०२४ मा हुने निर्वाचनमा अमेरिकी राष्ट्रपति पदको लागि रिपब्लिकनहरूको आज बुधबार हुने प्राईमरी राष्ट्रपति बहसमा दुई जना भारतीय मूलका उम्मेदवार सहित कूल ४ जना मात्र योग्य भएका छन् । यता रिपब्लिकन दलको उक्त बहसमा तेश्रो पटक पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि सहभागी नहुने भएका छन् ।
अमेरिकी ईतिहासमा सम्भवत उम्मेदवारले यस्ता बहसमा तिरस्कार गरेको पहिलो पटक हो । ट्रम्पले सबैलाई आश्चर्य बनाई दिएका छन् । उनि अझै पनि मत सर्वेक्षणमा अरु उम्मेदारहरु भन्दा ३ गुना मतले अगाडी छन । उनि बहसमा समय खर्चिनु भन्दा चुनाव प्रचारमा समय बिताउन उचित मान्दै यस्ता बहसलाई लत्याई दिएका छन् । उनि रिपब्लिकन पार्टीका सशक्त उम्मेदवार हुन् ।
सिएनएनले जनाए अनुसार चार जना उम्मेद्ववारहरु अलाबामामा डिसेम्बर ६ बुधबारका दिन ८ बजे अमेरिकी पूर्वीय समय अनुसार राति हुने चौथो जिओपि (रिपब्लिकन दल )को राष्ट्रपतिको प्राथमिक निर्वाचनको लागि आयोजना गरिने बहसको लागि योग्य भएका छन् । रिपब्लिकन राष्ट्रिय समिति र बहस प्रसारक न्यूज नेसनले सोमबार उक्त घोषणा गरेको हो ।
अलाबामामा हुने बहसमा फ्लोरिडाका गभर्नर रन डिसेन्टिस, साउथ क्यारोलाईनाका पूर्व गभर्नर भारतीय मूलकी निक्की हेली, भारतीय मुलका उद्यमी विवेक रामास्वामी र न्यु जर्सीका पूर्व गभर्नर क्रिस क्रिस्टी यस वर्षको अहिलेसम्मको सबैभन्दा सानो बहसमा भिड्नेछन्।
गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम दोहाको सनैया स्थित वइलफेयर रेस्टुरेन...
नेपाल र चीनबीच केबल भौगोलिक मात्र होइन सदियौँदेखि ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धहरु छन् ।
चाडबाडको समयमा विदेशमा रहेका अधिकांश अभियान्ता, पञ्जिकृत सदस्यहरू नेपाल आउँछन् उक्त समय नै एकताको ला...