एनआरएनए एनसिसी कुवैतको कार्यक्रममा हुलदङ्गा

सुरेश भट्ट आश्रिन, दोहा
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवैतको २०२३-२०२५ कार्यकालको कार्यसमितिको सपथ ग्रहण, बार्षिक कार्ययोजना प्रस्तुतिकरण तथा प्रेस मिट कार्यक्रममा अराजक मानसिकता बोकेका मान्छेहरू प्रवेश गरी कार्यक्रममा विथोलेका छन्।
अतिथि वक्ताको रूपमा आमन्त्रण गरिएका कुल आचार्य पक्षका NCC कुवेतका अध्यक्ष राणा ध्वज लामाले एक हुल अराजक शैलीका व्याक्तिहरुलाई नौसाद होटेल फर्वानियाको कार्यक्रमहलमा अबैधानिक रूपमा प्रवेश गराइ कार्यक्रमको व्यानर च्यात्ने, मानसिक थ्रेट दिने र गुण्डागर्दी शैलीमा नवनिर्वाचित कार्यसमितिलाई अमर्यादित शब्दहरूको प्रयोग गर्ने जस्ता कार्य गरेको निवर्तमान अध्यक्ष युवक राईले जानाकारी गराएका छन् l
उनले एनआरएनए बद्री समूहले अराजकतावादी निन्दनीय र सामाजिक मूल्य मान्यता विरुद्धको गतिविधि गरेकोमा दुःख व्यक्त गरेका छन्। गैरआवासीय नेपाली संघको नाममा हुने अमानवीय कार्यले संस्थाको गरिमा र संस्था प्रति दिनानुदिन विश्वास गुमेको भन्दै अध्यक्ष विनोद कुँवरलाई एनसिसी कुवैतले तत्काल यस्तो गतिविधि रोक्न बद्री केसी नेतृत्वको समूहलाई सचेत गराउन अनुरोध गरिसकेको एनआरएनए एनसिसी कुवैतका अध्यक्ष धिरेन सुवेदीले बताएका छन् ।
बद्री केसी नेतृत्वको मध्यपूर्वका समूहले खाडी राष्ट्रका अन्य देशहरूमा समेत गुण्डाहरूको प्रयोग गर्दै विनोद कुँवर पक्षका एनआरएनएका सदस्यहरूलाई दुःख दिने र समाजका अगुवाहरू माथी कुटपिट गर्ने कार्य गर्दै आईरहेका छन् ।
“नेपालमा मैले शिक्षादानको माध्यमबाट समाज रूपान्तरणको प्रयास थालेँ । जब अमेरिका आएँ, त्यही सेवाभावलाई...
डुङ्गामा १५४ जना मानिस थिए। यसमध्ये १२ जनालाई मात्रै सकुशल उद्धार गर्न सकिएको छ।
यो भ्रमणमा युरोपेली संघसँगको प्रमुख व्यापार सम्झौताको खाका पनि तय भएको छ ।