एमाले बागमतीको उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेलको उमेद्वारी घोषणा
दोलखा, असोज,५
नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा उपाध्यक्ष पदका लागि दोलखाका नेता ईश्वरचन्द्र पोखरेलले आफ्नो दावी प्रस्तुत गर्दै उमेद्वारी घोषणा गरेका छन् ।
पोखरेलले शुक्रवार असोज ५, आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
असोज ८ र ९ गते काठमाडौंमा आयोजना हुने बागमतीको पहिलो अधिवेशनमा अध्यक्षका लागि कैलाश ढुंगेल,कृष्ण प्रसाद दाहाल, केशव पाण्डेलगायतले उम्मेदवारी घोषणा गरेका छन् भने उपाध्यक्षमा ईश्वर चन्द्रको उम्मेदवारी मात्र हालसम्म भएको छ l
को हुन् ? ईश्वरचन्द्र पोख्रेल ?
दोलखा जफे निवासी ईश्वरचन्द्र पोखरेल पूर्व शिक्षक समेत हुन् l राजनीतिक रूपमा खरो मिजासका पोखरेलसँग गाविस अध्यक्ष, जिविस सदस्य र गाउँपालिका अध्यक्ष भएर कार्यकारी भूमिका निर्वाह गरेको अनुभव छ भने पार्टी अध्यक्ष भएर दोलखा जिल्लामा काम गरेको अनुभव पनि छ l
एमाले दोलखाको ९ वर्ष अध्यक्ष भएर जिल्लामा पार्टीलाई सबै तहमा पहिलो बनाएको जसको दावी गर्दै पोखरेलले प्रदेश उपाध्यक्ष दावी गरेका छन् । पोखरेल २०७० देखि २०७८सम्म एमालेको दोलखा जिल्ला अध्यक्ष थिए ।
एमाले र माओवादी एकीकृत भएको बेला पनि ईश्वरचन्द्र नेकपाको पनि जिल्ला अध्यक्ष थिए । जिल्ला अधिवेशन गरेर उनले नेतृत्व हस्तान्तरण गरेपछि प्रदेश कमिटी सदस्य छन् । उनी भन्दा जुनियर नेताहरू केन्द्रीय कमिटीमा पुगिसकेका भए पनि दोलखामा सिनियर मध्येका पोख्रेल पार्टीको उपल्लो निकायमा पुग्न सकेका छैनन् l
पोखरेल २०४९ को स्थानीय निकायको निर्वाचनमा जफे गाविसको अध्यक्ष निर्वाचित नेता हुन् कांग्रेसको एकल जिविस रहेका बेला सशक्त प्रतिपक्षी नेताको रूपमा जिल्लामा स्थापित भएका थिए । २०५४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई हालको तामाकोसी गापा वडा नं. २ जफेमा निर्विरोध गराउने नेताको रूपमा पनि उनको परिचय जिल्लामा स्थापित छ l
२०५४ मा जिल्ला विकास समिति सदस्य भएका पोखरेल २०७४ मा तामाकोशी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । २०७९ को स्थानीय निकायको निर्वाचनमा युवा उमेद्वार खडा गरेर आफू पछि हटेका पोखरेल निरन्तर जिल्लामै बसेर काम गर्ने नेतामा पर्छन् ।
akabarey.com परीक्षण प्रसारणमा छ l
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l