एमाले बागमतीको उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेलको उमेद्वारी घोषणा
दोलखा, असोज,५
नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा उपाध्यक्ष पदका लागि दोलखाका नेता ईश्वरचन्द्र पोखरेलले आफ्नो दावी प्रस्तुत गर्दै उमेद्वारी घोषणा गरेका छन् ।
पोखरेलले शुक्रवार असोज ५, आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
असोज ८ र ९ गते काठमाडौंमा आयोजना हुने बागमतीको पहिलो अधिवेशनमा अध्यक्षका लागि कैलाश ढुंगेल,कृष्ण प्रसाद दाहाल, केशव पाण्डेलगायतले उम्मेदवारी घोषणा गरेका छन् भने उपाध्यक्षमा ईश्वर चन्द्रको उम्मेदवारी मात्र हालसम्म भएको छ l
को हुन् ? ईश्वरचन्द्र पोख्रेल ?
दोलखा जफे निवासी ईश्वरचन्द्र पोखरेल पूर्व शिक्षक समेत हुन् l राजनीतिक रूपमा खरो मिजासका पोखरेलसँग गाविस अध्यक्ष, जिविस सदस्य र गाउँपालिका अध्यक्ष भएर कार्यकारी भूमिका निर्वाह गरेको अनुभव छ भने पार्टी अध्यक्ष भएर दोलखा जिल्लामा काम गरेको अनुभव पनि छ l
एमाले दोलखाको ९ वर्ष अध्यक्ष भएर जिल्लामा पार्टीलाई सबै तहमा पहिलो बनाएको जसको दावी गर्दै पोखरेलले प्रदेश उपाध्यक्ष दावी गरेका छन् । पोखरेल २०७० देखि २०७८सम्म एमालेको दोलखा जिल्ला अध्यक्ष थिए ।
एमाले र माओवादी एकीकृत भएको बेला पनि ईश्वरचन्द्र नेकपाको पनि जिल्ला अध्यक्ष थिए । जिल्ला अधिवेशन गरेर उनले नेतृत्व हस्तान्तरण गरेपछि प्रदेश कमिटी सदस्य छन् । उनी भन्दा जुनियर नेताहरू केन्द्रीय कमिटीमा पुगिसकेका भए पनि दोलखामा सिनियर मध्येका पोख्रेल पार्टीको उपल्लो निकायमा पुग्न सकेका छैनन् l
पोखरेल २०४९ को स्थानीय निकायको निर्वाचनमा जफे गाविसको अध्यक्ष निर्वाचित नेता हुन् कांग्रेसको एकल जिविस रहेका बेला सशक्त प्रतिपक्षी नेताको रूपमा जिल्लामा स्थापित भएका थिए । २०५४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई हालको तामाकोसी गापा वडा नं. २ जफेमा निर्विरोध गराउने नेताको रूपमा पनि उनको परिचय जिल्लामा स्थापित छ l
२०५४ मा जिल्ला विकास समिति सदस्य भएका पोखरेल २०७४ मा तामाकोशी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । २०७९ को स्थानीय निकायको निर्वाचनमा युवा उमेद्वार खडा गरेर आफू पछि हटेका पोखरेल निरन्तर जिल्लामै बसेर काम गर्ने नेतामा पर्छन् ।
akabarey.com परीक्षण प्रसारणमा छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...