जीवन विकास लघुवित्तको नाफा ७८ करोडभन्दा बढी

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षको भन्दा १३ दशमलव ४० प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म रू. ६८ करोड ९५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष रू. ७८ करोड १९ लाखभन्दा बढी खुद नाफा गरेको हो ।
गत वर्ष कम्पनीको सञ्चालन नाफा ११२ दशमलव ९६ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू. ३८ करोड ३७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. ८१ करोड ७२ लाखभन्दा बढी यो नाफा गरेको हो ।
गत वर्ष कम्पनीले ७० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १ अर्ब ३ करोड ४२ लाख ८० हजार पु¥याएको छ । जगेडा कोष रकम १७ दशमलव ७७ प्रतिशत बढी रू. १ अर्ब ५४ करोड कायम भएको छ । अघिल्लो वर्षभन्दा कम्पनीको कर्जा सापटी साढे १ प्रतिशत बढी रहेको छ भने कर्जा प्रवाह १६ दशमलव २३ प्रतिशत बढी छ । कम्पनीले गत वर्ष १८ प्रतिशत बढी निक्षेप संकलन गरेको छ ।
अघिल्लो वर्ष शून्य दशमलव ६१ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष भने बढेर शून्य दशमलव ९१ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी रू. ७५ दशमलव ६० रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २६९ दशमलव ५१ रहेको छ ।
मानवीय संवेदनशीलतासमेत हराइरहेको अवस्थामा कुकुरको काजकिरिया गर्दा सबैले अनौठो मानिरहेका छन् ।
अन्तरजातीय जोडीलाई सम्मान गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले विगत ५ वर्षदेखि अन्तरजातीय जोडीला...
नयाँ घर बनाउन पुरानो भत्काएका जीवछ दुई महिनादेखि पत्नी सविता, दुई छोरी र दुई छोरासहित छिमेकी महेन्द्...