बढ्यो लघुवित्तको ऋणपत्र जारी गर्ने सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूले जारी गर्ने ऋणपत्रको सीमा बढाएको छ । राष्ट्र बैंकले बुधवार मौद्रिक नीतिको कार्यान्वयन निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
यसअघि थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाले सहायक आवधिक ऋणपत्र जारी गर्दा सञ्चित नोक्सानी बाँकी नरहेका थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाले यससम्बन्धी अन्य व्यवस्थाका अतिरिक्त विभिन्न सर्तहरूको अधीनमा रही आफ्नो चुक्ता पुँजीको बढीमा २५ प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न स्वीकृतिका लागि यस बैंकमा निवेदन पेस गर्न सक्ने व्यवस्था रहेको थियो ।
तर, राष्ट्र बैंकले उक्त व्यवस्थाको परिमार्जन गर्दै ऋणपत्रको सीमा शत प्रतिशत पुर्याइदिएको हो । राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशिकामा भनिएको छ, ‘ सञ्चित नोक्सानी बाँकी नरहेका लघुवित्त वित्तीय संस्थाले यससम्बन्धी अन्य व्यवस्थाका अतिरिक्त निम्न सर्तहरूको अधीनमा रही आफ्नो प्राथमिक पुँजीको बढीमा शत प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न स्वीकृतिका लागि यस बैंकमा निवेदन पेस गर्न सक्नेछन् ।’
ओलीले भारत–चीनबिचको पछिल्लो सहमतिबारे नेपालको असन्तुष्टि जनाई सच्याउन दबाब दिन सक्नेछन् ।
आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ ।
यो नियम अमेरिकाको भिजिटर भिसा बी वान, बी टु आवेदकहरुमा लागु हुनेछ ।