ओम्नीले तिरेन नेपाल एयरलाइन्सलाई २ करोड चार्टर्ड उडान भाडा
असार, काठमाडौं । स्वास्थ्य सामग्री खरिद घोटालामा मुछिएको ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनलले नेपाल वायुसेवा निगमको २ करोड रूपैयाँ भाडा नतिरेको खुलेको छ । महालेखा परीक्षकको कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले १५ चैत, २०७६मा चीनको ग्वान्झाओबाट चार्टर्ड उडानमार्फत मेडिकल सामग्री ल्याएको कम्पनीले भाडा नतिरेको औंल्याएको छ ।
महालेखाले ब्याजसहित १ करोड ८६ लाख ७६ हजार रुपैयाँ भाडा असुल गर्न सिफारिस गरेको छ । ओम्नीले मेडिकल समाग्री आपूर्ति गरेबापतको १ लाख ५४ हजार डलर भाडा तिर्न मानेको छैन ।
नेपाल एयरलाइन्स स्रोतका अनुसार तत्कालीन संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफू जमानी बस्ने भन्दै दिएको ठाडो निर्देशनमा विमान मेडिकल सामग्री लिन ग्वान्झाओ गएको थियो । महालेखाले अग्रिम रुपमा भाडा नलिई चाटर्ड उडान गराउने पदाधिकारीलाई जिम्मेवार बनाएर सो रकम असुल्न निर्देशन दिएको छ ।
स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएसँगै विभागले ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनलसँग महँगो दरमा सम्झौता गरेर चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो ।
त्रिशूल आकारमा सुरुङभित्र रहेको सङ्ग्रहालयसहित त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मको नक्सा, विभिन्न मठमन...
कोदोको उपभोगले रगतमा बोसो र कोलस्टेरोलको मात्रा घटाउँछ ।
कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य र मानसरोवरमा स्नान गर्दा मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास...