नागढुंगा चेकपोस्टमा माइकिङ : ‘अगाडि नबढ्नुहोला सुरक्षित बस्नु होला ’

काठमाडौं, १८ असोज: प्रहरीले नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै माइकिङ सुरु गरिरहेको छ ।
काठमाडौंको प्रमुख नाका नागढुंगामा तैनाथ प्रहरीहरूको तर्फबाट माइकिङ गर्दै अगाडि नबढ्न अनुरोध गरिएको हो । नागढुंगा नाकाबाट अगाडि धादिङतर्फ जानुको सट्टा काठमाडौंमै फर्किएर सुरक्षित रहन प्रहरीले आव्हान गरिरहेको छ l
‘धादिङको विभिन्न ठाउँमा पहिरो आएको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको हुँदा सम्पूर्ण चालक/सहचालक महानुभावहरू, तपाईंहरूलाई यहाँबाट अगाडि पठाउन सकिँदैन । त्यसैले सुरक्षित तरिकाले काठमाडौं फिर्ता भई सुरक्षित रहनुहुन अनुरोध गर्दछौं,’ प्रहरीहरुले माइकिङ गरेर भनिरहेका छन् । प्रहरीको माइकिंङ विनयी र अनुरोधपूर्ण रहेको सुनिएको छ l
स्मरणीय : फोटो सामाजिक संजालबाट साभार l
स्थानीय ३९ वर्षीया निर्मला राई र उनको शिशुको आज नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो ।
आइतबार बिहान नदीमा पानीको वहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो भण्डा...
कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुिम्बनी प्रदेशमा साधारणतया बदली र बाँ...