"लमजुङ सेवा समाज कतार"को आयोजनामा यही शुक्रबार रक्तदान कार्यक्रम आयोजना हुँदै

सुरेश भट्ट आश्रीन दोहा - 'लमजुङ सेवा समाज, कतार' को आयोजना तथा 'नेपाली रक्तदाता संघ कतार'को समन्वयमा 'बृहत रक्तदान कार्यक्रम को आयोजना गरिने भएको छ। l कतारबाट प्रेषित रक्तदान कार्यक्रमको सूचना जस्ताको त्यस्तै :
"लमजुङ सेवा समाज, कतार"को आयोजना तथा "नेपाली रक्तदाता संघ कतार"को समन्वयमा मिति १८ अगस्ट , २०२३ शुक्रबारका दिन "बृहत रक्तदान कार्यक्रम" को आयोजना गरीएको हुदा उक्त बृहत रक्तदान कार्यक्रममा कतारमा रहनुहुने लमजुङे तथा गैह्र लमजुङे दाजुभाइ तथा दिदिबहिनीहरुलाई यसै सूचनालाइ आधार मानी बृहत रक्तदान कार्यक्रममा उपस्थित भइ रक्तदान गर्नका लागि हार्दिक अनुरोध गर्दछौं ।
रक्तदाताले रक्तदान गर्दा ध्यानदिनु पर्ने कुराहरु निम्न लिखित छन :
१) रक्तदाता रक्तदान गर्न आउदा आफ्नो कतारी आइडि वा लाईसेन्स वा हेल्थाकार्ड अनिवार्य हुनुपर्ने l २) रक्तदाता कतार प्रवेश गरेको ६ महिना पुरा भएको हुनुपर्नेछ l ३) रक्तदाताले यदि पहिले रक्तदान गरेको भए २ महिना (६०दिन) पुरा भएको हुनुपर्नेछ l ४) रक्तदाता कम्तीमा ८ घन्टा सुतेको कुनैपनी एन्टिबायोटिक औषधि सेवन नगरेको, पछिल्लो २४ घन्टा भित्र मदिरापान सेवन नगरेको हुनुपर्नेछ l ५) रक्तदाताको उमेर १८ देखि ६५ हुनुपर्नेछ र तौल कम्तिमा ५० केजी हुनुपर्नेछ l ६) रक्तदाताको रक्तचाप र अन्य मापदण्ड रक्त संकलन टोलीमा खटिएका स्वास्थकर्मीबाट निर्धारण गरे बमोजिम हुनेपर्नेछ l नोट - यो महान पवित्र कार्यमा सस्थागत तथा ब्यक्तिगत एक्यवद्धताको लागि तपाईंले आफ्नो फेसबुक पेज मार्फत सुचना सेयर गरिदिने तथा अन्य इच्छुक साथीहरु जस्तै आफ्नो रुममा सङै बस्ने साथीहरु, सङै काम गर्ने साथीहरु या अन्य चिनजानका साथी सर्कलहरुलाइ पनि खबर गरी उक्त रक्तदान कार्यक्रममा सहभागी गराइदिन सहयोग गर्दै एक्यवद्धता कायम राखिदिनु हुन पनि सबिनय अनुरोध गर्दछौं ।तपाईंहरुको साथ , सहयोग र रचनात्मक सल्लाह सुझावप्रति लमजुङ सेवा समाज कतार सदैव अभारी छ / रहि रहनेछ ।
तपशिल :- स्थान : हमाद हस्पिटल (Blood Donar Center) मिति :- १८ अगस्ट , २०२३ ( शुक्रबार ) समय :- बिहान ८ बजे देखि १ बजे सम्म यातायात सुबिधाको लागि सम्पर्क - रबिन्द्र घिमिरे ( 55568345)
“नेपालमा मैले शिक्षादानको माध्यमबाट समाज रूपान्तरणको प्रयास थालेँ । जब अमेरिका आएँ, त्यही सेवाभावलाई...
डुङ्गामा १५४ जना मानिस थिए। यसमध्ये १२ जनालाई मात्रै सकुशल उद्धार गर्न सकिएको छ।
यो भ्रमणमा युरोपेली संघसँगको प्रमुख व्यापार सम्झौताको खाका पनि तय भएको छ ।