एक करोड अक्षयकोष स्थापनाका लागि सांगीतिक कार्यक्रम ।

सुरेश भट्ट आश्रिन दोहा :'बागलुङ सेवा समाज कतारले बहुउद्देश्यीय अक्षयकोष'को प्रथम अधिवेशन आउँदो शुक्रबार गर्ने भएको छ । बागलुङ सेवा समाज कतारको संस्थागत संरक्षकत्वमा स्थापित कोषको अधिवेशन शुक्रबार मुन्तजामा रहेको होटेल होलिडे भिल्लामा मध्यान्ह १२ बजेबाट सांगीतिक प्रस्तुतिसहित हुने भएको छ ।
अधिवेशनमा सांगीतिक प्रस्तुति दिन अतिथि कलाकारका रूपमा नेपालबाट युवा लोक तथा दोहोरी गायक रेशम निर्दोष र भर्सटायल गायिका सिम्रन परियार कतार आउन लागेको अधिवेशन संयोजक रमेश भट्टले जानकारी दिए । आयोजकका आनुसार उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रमुख अतिथिको रूपमा कतार आउन लागेको बताए ।
अक्षयकोषका लागि हालसम्म ५५ लाख भन्दा बढी रकम संकलन भइसकेको र यसलाई एक करोड पुर्याउने लक्ष्यसहित अभियान र अधिवेशनको तयारीलाई तीव्रता दिइएको अक्षयकोषका तदर्थ समितिका संयोजक सन्तोष पौडेलले बताए । गैरआवासीय नेपाली संघका अभियन्ता राज रेग्मी (राजु)ले उक्त कोषका लागि दश लाख र अर्का अभियन्ता राजेन्द्र कुमार शर्मा (आरके) ले पाँच लाख सहयोग गरेकाछन् उनीहरू दुवैको पुर्ख्यौली थलो पनि बागलुङ नै रहेकोे छ ।
अक्षयकोषका संयोजक पौडेलका अनुसार बागलुङ जिल्लामा कोही पनि बालबालिका आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस्, जिल्लाका कुनै पनि नागरिक औषधि उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने नै मुख्य उद्देश्यले कोषको स्थापना गरिएको बताएकाका छन् ।
उनले कार्यक्रमको तयारीलाई अन्तिम चरणमा पुर्याइएको समेत बताए । निःशुल्क प्रवेश गर्न सकिने र अधिवेशनलाई सफल बनाइदिन बागलुङबासी र दोहामा रहेका सबैलाई उपस्थितिको लागि पौडेलले आग्रह गरेका छन्
यो भ्रमणमा युरोपेली संघसँगको प्रमुख व्यापार सम्झौताको खाका पनि तय भएको छ ।
गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम दोहाको सनैया स्थित वइलफेयर रेस्टुरेन...
नेपाल र चीनबीच केबल भौगोलिक मात्र होइन सदियौँदेखि ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धहरु छन् ।