ट्रम्प प्रशासनद्वारा निस्कासित नेपाली जहाज चार्टर गरेर नेपाल छाडिदियो

काठमाडौँ-अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उनले अवैध आप्रवासीविरुद्ध कारबाही तिव्र बनाएका छन् । सोही क्रममा आज अवैध रुपमा अमेरिकामा बस्दै आएका नेपालीलाई अमेरिकी अध्यागमनले पक्राउ गरी नेपाल नै ल्याएर ओरालिदिएको छ ।
विमानस्थल स्रोतले उल्लेख गरे अनुसार आज बुधबार बिहान ९.५५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको सो चार्टर्ड विमानमा एक महिलासहित १० नेपाली छन् ।
यससहित ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ । २७ नेपाली पहिले नै नेपाल आइसकेका छन् ।
विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको हो ।
“नेपालमा मैले शिक्षादानको माध्यमबाट समाज रूपान्तरणको प्रयास थालेँ । जब अमेरिका आएँ, त्यही सेवाभावलाई...
डुङ्गामा १५४ जना मानिस थिए। यसमध्ये १२ जनालाई मात्रै सकुशल उद्धार गर्न सकिएको छ।
यो भ्रमणमा युरोपेली संघसँगको प्रमुख व्यापार सम्झौताको खाका पनि तय भएको छ ।