अन्तर्राष्ट्रिय नेपाली समाज कतारको अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा गोरखाली

दोहा कतार - अन्तर्राष्ट्रिय नेपाली समाज कतारको चौथो अधिवेशन नेपाल समाजवादी पार्टीका संघिय परिषद सदस्य बुधवल गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । नेता बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीको कतार स्थिति भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारको चौथो अधिवेशनबाट गोरखा सतिपिपल घर भइ हाल कतारमा व्यावसाय गर्दै आएका राजाराम शाही आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
पार्टीको संघीय परिषद सदस्य समेत रहेका प्रमुख अतिथि बुधवल गुरुङको रोहवरमा भएको बन्दसत्रले वरिष्ठ उपाध्यक्षमा गोरखा आँपिपलका ध्रुव क्षेत्री, उपाध्यक्षमा रामजी सुवेदी,पुष्पराज भण्डारी,सरोज कुमार महतो, रामचन्द्र गिरी महिला उपाध्यक्षमा ललिता बोहरा,महासचिवमा नवीन निरौला,सचिबमा नरबहादुर गुरुङ,रुद्रबहादुर कटुवाल लोकेन्द्र बहादुर कार्की कोषाध्यक्षमा खड्गबहादुर बुढा र सह- कोषाध्यक्षमा प्रेमकुमार गुरुङलाई पदाधिकारीमा निर्वाचित गरेको हो ।
संगठनले कार्यसमिति सदस्यहरुमा बिष्णुहरि मरिहट्टा, कृष्णप्रसाद देबकोटा, बिष्णु वि.क, खगेन्द्रकुमार मगर, उत्तम भित्रिकोटी, पुर्णबहादुर गुरुङ,ढकेन्द्र कार्की,अमित वि.क, बसिर रैन, सुर्यबहादुर गुरुङ, श्रवण महतो गरी एघार जनालाई राष्ट्रिय सदस्यमा चयन गरेको छ । दोहोको वेलफेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशन वि धिगत रुपमा कार्यक्रमका सभापति तथा प्रमुख अतिथिलगायत अन्य विशिष्ट व्यक्तित्वहरूले सानो बिरुवामा पानी हालेर कार्यक्रमको समुद्धघांटन गरिएको थियो । अधिवेशनमा भट्टराई समर्थक,आस्थावानलगायत कतारमा स्थापित विभिन्न वैचारिक सगंठन, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्तिथि रहेको थियो।
“नेपालमा मैले शिक्षादानको माध्यमबाट समाज रूपान्तरणको प्रयास थालेँ । जब अमेरिका आएँ, त्यही सेवाभावलाई...
डुङ्गामा १५४ जना मानिस थिए। यसमध्ये १२ जनालाई मात्रै सकुशल उद्धार गर्न सकिएको छ।
यो भ्रमणमा युरोपेली संघसँगको प्रमुख व्यापार सम्झौताको खाका पनि तय भएको छ ।