रास्पावपाका सांसदहरूको रातोपासपोर्ट र हरियो पासपोर्टको सबै रेकर्ड मसँग छ, म एक्लै भारी छु - डा. मुकुल ढकाल

रास्वपाबाट कारबाहीमा परेका महामन्त्री मुकुल ढकालले सन्जय सिलवाल गुप्ताको पोडकास्टमा धेरै र गम्भीर कुरा खुलासा गरेका छन् l उनले व्यक्त गरेका कुराहरू सङ्क्षिप्तमा यस्ता छन् :
'म बृहस्मपति र सुक्र ग्रह भएको मान्छे हुँ मसँग टकराउने सकिन्छन् मिलेर जानेहरूको राम्रो हुन्छ l मलाई कारबाही गरेको दिन देखि तिनीहरू चयनले सुत्न सकेका छैनन् l
मुकुल भन्छन्: 'आत्महत्या गर्ने स्थितिसम्म पुग्ने गरी दुरुत्साहन गरेका छन् l म सबैलाई आत्महत्या दुरुत्साहनको मुद्दा हाल्न सक्छु l आत्महत्या दुरुत्साहनको मुद्दा लाग्ने गरी सताएका छन् l आत्महत्याको मुद्दा मरेपछि मात्र लाग्छ कि जिउँदो हुँदा पनि लाग्छ भनेर मैले पार्टीको वकिललाई फोन गरेर सोधेको छु, उनले आत्महत्या नगर्दै दुरुत्साहन गर्दा नि लाग्छ भनेर भनेका थिए l'
उनले एकदमै भावुक भएर अश्रु निकाल्दै आफू देशभक्त छोरो भएको कुरा गरेका छन् l आफूले रास्वपाका साथीहरूको रातो पासपोर्ट र हरियो पासपोर्टको रेकर्ड निकालेर सार्वजनिक गर्न बाँकी छ l मसँग सबै रेकर्ड छ म एक्लै भारी छु l दृष्टिविहीनले दृष्टि पाएपछि सबै भन्दा पहिले आफ्नो लठ्ठी फाल्छ म त्यही फालिएको लठ्ठी हुँ l
आफूसँग अहिले पनि कम्तिमा चार जना सांसद रहेको र आफूले चाहेमा पार्टी फुटन सक्छ तर म त्यसो गर्दिन l म ती को को नाम भन्दिन l चार जना सांसद राखेर मैले अहिले पत्रकार सम्मेलन गरें भने मलाई उहाँहरूले महामन्त्रीमा पुनर्स्थापना गर्नु पर्ने हुन्छ l चाहेको भए सांसद र मन्त्री हुन सक्थें/ बन्थें तर मलाई पार्टी र देश बनाउन मन लाग्यो l मैले रवि जेल जान्छन् भने तर मलाई कारबाही गरियो l पार्टी कब्जा गर्न आएका मान्छले रविलाई जसरी पनि थुनाउन चाहन्छन् l
जीबी राईसँग रवि लामिछानेको मौखिक समझादारी के थियो त्यसले अर्थ राख्दैन अर्थ राख्छ कागजमा के लेखिएको छ l कागजले जे बोल्छ हाललाई प्रमाण त्यही हो l
मुद्दाको अनुसन्धान भैरहेको रिपोर्ट लेखिरहेको बेला प्रहरी र न्यायालय बिच्काउने षड्यन्त्र गर्नेले रविलाई बाहिर निस्कन दिन नचाहेका हुन l विजय गच्छादार जस्तै हाम्रो पार्टीमा इम्प्लान्ट गरिएका व्यक्ति हुन् डा. स्वर्णिम वाग्ले l बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गर्ने बेला न्यायालयको विरुद्ध आन्दोलन गर्न जान्छन् l रविलाई थुनाउन कुनै कसुर बाँकी राखेका छैनन् l
राष्ट्रिय स्वतन्त्र पार्टी मैले अन्यत्र बाट चोरेको नाम हो l रास्वपाको घन्टी चिन्ह मैले सुझाएको नाम हो l रास्वपाको विधान मैले मात्र बनाएको हुँ l गगन थापा र रवि दाइ एकदम जिग्री दोस्त हो l रास्वपा २०८४ सम्म पार्टी कागतमा रहन्छन् l
दुर्गा प्रसाईले अर्थतन्त्र सुधारको लागि बरु टिप्स र सुत्र दिन सक्छन् तर हामीले अर्थशास्त्री भनेर भित्र्याएका डा. स्वर्णिम वाग्ललेले केही सुझाउन र बुझाउन सकेनन् l बरु सेना घटाउने मनोडक्ट्रिनको कुरा गरेर विवाद निकालेर र गुट बनाएर बसेका छन् l
रविले जहिल्यै मैले केही गरेको छैन मैले सबै मिलाई सकेको छु भनेर आफ्नो विषय उठ्दा छलेको छलेकै गरे l मैले रवि जेल जान्छन् भन्दा मलाई कारबाही गरे l
२०८० पुस् ७ मा पोखराम रविलाई खोया प्रहार भएको थियो l खोया प्रकरण भन्दा अघि कसैले रविलाई सहकारी ठग भनेको र कतै ब्लेम नलगाएको बेला म सहकारी ठग होइन भनेर स्पष्टीकरण दिए l जबकि त्यस अघि सहकारी प्रकरणको विषय उठेको थिएन l संयोग २०८१ पुस ७मा रविको सांसद पड निलम्बन भएको छ l
दृष्टिविहीनहरूले दृष्टि पाएपछि सबैभन्दा पहिले लठ्ठी फाल्छन् l म त्यही फालिएको लठ्ठी हुँ l मलाई सांसद भैसके पछि धन्यवाद दिएनन् मलाई केन्द्रीय सदस्य भएपछि धन्यवाद दिएनन् l मलाई पार्टी यत्रो बनाएपछि कसैले धन्यवाद दिएनन् l भगवान छन् कि छैनन् तर यिनीहरूलाई पाप लाग्छ l मेरो इमान्दारिता बारे नलेख्ने नबोल्ने मान्छेलाई पाप लाग्छ l म अमेरिका जान्न भनेर बसें देश बनाउन बसें l
समानुपातिक निर्वाचन प्रणालीमा मैले घोटाला गरेको छु l मलाई झापड हान्छु भन्ने मान्छेलाई मैले पार्टी प्रवेश गराएर केन्द्रीय सदस्य, सांसद र मन्त्री समेत बनाएको हो l
म सोझो भएर हेपेको, गुट बनाउन जानेन भनेर हेपेको, मन्त्री र सांसद भएन भनेर हेपेको ? के लिएँ मैले दिएँ मात्र l जसले मलाई प्रेसर दिएका छन् आत्महत्याको स्थितिमा पुर्याएका छन् तिनीहरू मेन्टल हेल्थको कुरा गरेर सार्वजनिक वा वाही लिन्छन् l मेरो बारेमा मेरा कुनै साथीहरूले कतै लेखेनन् बोलेनन् l 'मलाई मर्नु भने तर म मर्दिन' डा. मुकुल ढकालले भनेका छन् l
(स्मरणीय : डा ढकालको फोटो उनको फेसबुकबाट लिइएको हो ) सम्पादक
पितृसत्तात्मक राज्यको क्रमभंगता गरेर देशमा प्रथमतः महिला प्रधानमन्त्री देशले नयाँ नेतृत्व पाएको छ ।
प्रजातन्त्रको उपयोग गरी हुने अधिक राजनीतिले अन्तत अधिनायकता (Authoritarianism) मा पुर्याई लोकतन्त्रल...
दुर्भाग्यवश, अझै पनि थर, जात, नस्लका आधारमा नेतृत्व निर्माणलाई अवरुद्ध गर्ने प्रवृत्ति जीवित छ l