चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प,काठमाडौँ त्रस्त

काठमाडौँ, पुस २३-मङ्गलबार बिहान ६.५० मा काठमाडौंलगायत आसपासका क्षेत्रमा भूकम्पको लामोसमय धक्का महसुस गरिएको छ l
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको छ ।
बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । काठमाडौँका कतिपय ठाउँमा मानिसहरू अत्तालिंदै घरबाहिर सडकमा समेत निस्किएका छन् l र देशका धेरै भूभागमा कम्पन महशुस गरिएका खबरहरू प्राप्त भएका छन् l
भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे विस्तृत विवरण प्राप्त भएको छैन l
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद डा.लोक विजय अधिकारीले आफ्नो फेसबुक वालमा यसरी पोष्ट गरेका छन् :
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...