सुरेश भट्ट आश्रिन -
गत शुक्रवार बिहान तिलु शर्मा पौडेलले बाबा इन्टरटेन्मेन्ट टिभी मार्फत फ्याट्ट पोइल रत्यौली गीत बजारमा ल्याएका छन् । लोक संगीतलाई ज्याद्रै माया गर्ने पौडेलका “मदानीमा नेती,पर्वते माया” जस्ता अन्य चर्चित झर्रा गीतहरू बजारमा छन् ।
आजभोलि परम्परागत रत्यौलीहरू लोपोन्मुख अवस्थामा छन् । रत्यौलीमा परम्परागत शैलीमा लाहुरे र जोगी बनेर गरिने नृत्य घरभित्रको कथा गीत मार्फत गुन्जिने गर्दछन् । शर्मा भन्छन् : 'आमा छोराको सम्बन्धको विगत र भविष्यको सेरोफेरोमा घुमेका यस्तै गम्भीर र थुप्रै ठट्यौली अनि रमाइला खालका रत्यौलीलाई जोगाइराख्नु पनि लोक संगीतमा लागेकाहरूको धर्म हो ।'
जवान भएकी छोरीलाई माइती पक्षसँग केही कुरामा चित्त नबुझेपछि पोइला गइदिन्छु नि ! भन्ने भाव नै गीतको सार रहेको छ । छोरीहरूको जीवनका दैनिकी समेटिएका यथार्थपरक रत्यौली गीतहरू आजकल सुनिँदैनन्। छोराको बिहेमा दुलाहा अन्माएर लगेपछि बिहेघरको आँगनमा भेला भएर महिलाहरू मादल र छ्याली बजाउँदै मुजुराको तालमा कम्मर मर्काइ–मर्काइ नाच्ने विगतको मौलिक स्वाद र शैलीका रत्यौली अहिले हराइरहेको बखत शर्माको रत्यौलीले गाउँ सम्झनलाइ प्रेरित गरेको छ ।
पछिल्लो समय नेपाली लोक दोहोरीमा जमेकी गायिका अस्मिता डल्लाकोटी र प्रवेश पौडेलको स्वरमा “फ्याट्ट पोइल” गीतको सङ्गीत संयोजन याम थापा मगरले गरेकाछन् भने स्मारिका ढकाल, सरोज प्रजा, सुरेश कोहली र सम्झना थापा छेत्रीले कम्मर मर्काएको भिडियोमा गायिका डल्लाकोटी दुलही र लोक तथा दोहोरी गायक शक्ति कुमार गोदारले दुलाहाका भूमिकामा अभिनय गरेका छन् l
भिडियो हेरौं :
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु
गीता ज्ञानको महत्व र गरिमालाई जुन रूपमा समाजमा स्थापित गर्नुपर्ने हो सो रूपमा गर्न सकिएको छैन l
आज माघ १८ गते संसदको हिउँदे अधिवेशन सुरू भएको छ ,आज संसदमा अध्यादेश पेश गरिने कुरा आएको छ l