ठेलामा व्यापार गरेर मासिक रु ४० हजार आर्जन

रासस समाचार - अमरगढी (डडेल्धुरा), २० मङ्सिरः काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन् ।
बाइस वर्षीया पूजा बोहराले ठेलामा व्यापार गरेर मासिक रु ४० हजार आर्जन हुने गरेको राससलाई बताएकी छन् । अमरगढी नगरपालिका–२ नयाँ बस्तीकी पुजाले ठेलामा मोमो, चाउमिन, पकौडा, पानीपुरी चटपटे र छोइला बेचेर मासिक रु ४० हजार आर्जन गर्दै आएकी छन् ।
मध्यम वर्गीय परिवारमा जन्मिएकी पुजा धेरै हण्डर र ठक्कर खाएर यो अवस्थामा पुगेको बताएकी छन् । सत्र वर्षको उमेरमा बिहे गरेकी उनले चार वर्ष धेरै सङ्घर्ष गरिन् । छ महिना यता ठेलामा व्यापार थालेर उनले दैनिक १२ घण्टा काम गर्छिन् ।
उनको मासिक आम्दानी घरखर्चमा मात्र सकिँदैन उनले बचत पनि गरेकी छन् । श्रीमान् अरू सबै कुरामा साथ र सहयोग दिन्छन् तर पनि यो ठेलामा भने उनी बिहानदेखि साँझसम्म एक्लै हुन्छिन् । सबै सामान आफँले जुटाउछिन् । अनि सबै परिकार आफैँ बनाउन उनलाई दिनभर भ्याइनभ्याइ हुन्छ । महिलाहरू चुलोचौकोमै सीमित हुँदा आर्थिक सामाजिक र राजनीतिकरुपमा पछि परेका उनको बुझाइ छ ।
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...