स्वास्थ्यका दृष्टिले मुला खानुका फाइदाहरू

मुला भन्ने बित्तिकै दुई कुराको स्मरण हुन्छ ; एउटा साग र कन्द दुवै पकाएर वा काँचै खाइने एक प्रकारको कन्दमुल र अर्को अर्थमा बेकम्मा वा रद्दी मान्छेको लाक्षणिक अर्थमा प्रयोग गरिने शब्द l आज चर्चा गर्न लागिएको बहुउपयोगी मुला भने जाडो मौसममा खाइने निकै फाइदाजनक तरकारी हो । यसमा फाइबर, भिटामिन सी, पोटासियम, फस्फोरस र अन्य धेरै आवश्यक पोषक तत्वहरू पाइन्छ, जसले शरीरलाई धेरै रोगहरूबाट बचाउन सक्छ ।
जाडो मौसममा मुला पराठा खानुको छुट्टै आनन्द हुन्छ । मुलाको पातबाट बनेको तरकारी र अचारको स्वाद अचम्मको हुन्छ । स्वादमा मात्र नभई स्वास्थ्यमा पनि मुलासँग प्रतिस्पर्धा हुँदैन । यो चिसो मौसममा खानु पर्ने एकदमै फाइदाजनक तरकारी हो । यसमा फाइबर, भिटामिन सी, पोटासियम, फस्फोरस र अन्य धेरै आवश्यक पोषक तत्वहरू पाइन्छ, जसले तपाईंलाई धेरै रोगहरूबाट बचाउन सक्छ ।
जाडोमा मुला खानुका फाइदाहरू
पाचन सुधार गर्न
मुला फाइबरमा भरपूर तरकारी हो । यसलाई खाँदा कब्जियत र पेटको अन्य समस्याबाट छुटकारा मिल्छ । यसले पाचन इन्जाइम सक्रिय गरेर पेट सफा राख्न काम गर्छ। यसले पेटलाई स्वस्थ बनाउँछ ।
प्रतिरक्षा बढाउन
जाडो मौसममा कमजोर प्रतिरोधी क्षमताका कारण धेरै रोगको जोखिम बढ्छ । यस्तो अवस्थामा भिटामिन सीले भरपुर् मुला खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ र तपाईं रुघाखोकी जस्ता समस्याबाट बच्न सक्नुहुन्छ।
वजन घटानेमा उपयोगी
मुला खानाले तौल घटाउन धेरै मद्दत गर्छ । यसमा कम क्यालोरी र पानी बढी हुन्छ, जसका कारण खाना खाएपछि लामो समयसम्म पेट भरि रहन्छ र पटक–पटक भोक लाग्दैन । यसले धेरै खानबाट बचाउँछ र तौल घटाउन मद्दत गर्छ ।
कलेजो र मृगौलाको लाभ
मुला एक प्राकृतिक डिटोक्सिफायर हो, जसले शरीरबाट विषाक्त पदार्थहरू हटाएर कलेजो र मृगौला सफा गर्ने काम गर्छ । यदि कसैलाई जन्डिस भएको छ भने मुलाले उनको लागि रामबाण औषधिको काम गर्छ ।
रक्तचाप र मधुमेह नियन्त्रण
मुलामा पोटासियम पाइन्छ, जसले रक्तचापलाई नियन्त्रण गर्छ र मुटुको स्वास्थ्यमा सुधार गर्छ । यसको ग्लाइसेमिक इन्डेक्स पनि धेरै कम हुन्छ, जसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । यसलाई मधुमेहका बिरामीका लागि फाइदाजनक मानिन्छ ।
छालाको लागि लाभदायक
मुलामा एन्टिअक्सिडेन्ट र पानी प्रशस्त हुन्छ, जसले छालालाई हाइड्रेटेड राख्न मद्दत गर्छ । यसले छाला सफा र चम्किलो बनाउँछ । यसको सेवनले मुहारमा आउने दागको समस्या पनि निको हुन्छ ।
स्वास्थ्य सम्बन्धी ज्ञान दिने विभिन्न पत्रपत्रिकाबाट प्रस्तुत सामग्री तयार गरिएको हो l सम्पादक akabrey.com l
ओलीले भारत–चीनबिचको पछिल्लो सहमतिबारे नेपालको असन्तुष्टि जनाई सच्याउन दबाब दिन सक्नेछन् ।
आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ ।
यो नियम अमेरिकाको भिजिटर भिसा बी वान, बी टु आवेदकहरुमा लागु हुनेछ ।