समीक्षा ‘हराएका वर्षहरू’ - एल बी क्षेत्री
विद्या चापागाँई र कमल कुमारद्वारा निर्मित, 'हराएका बर्षहरू' राम्रो छ l यसको व्यापक चर्चा चुलिएको छ l विभिन्न आयामबाट दृष्टिकोणहरू आएका छन् l यो हेरेपछि आँशु नखसालेका मान्छे शायद भेटिन्न l समाजमा आएको सार्वजनिक विषयमा क्रियाप्रतिक्रिया आउने नै भए l
मैले पनि हराएका बर्षहरू उत्सुकतापूर्वक हेरेँ तर आँसु नखसाली मलाई सोधेको भए यसको शीर्षक ‘मिलनको हर्ष’ राख्न सुझाव दिने थिएँ l यसमा प्रकाशका हराएका वर्षको वृतान्तभन्दा मिलनको हर्षको कथा महत्वपूर्ण लाग्यो l हराएको थियो र त भेटियो यस तर्कसँग सहमत हुन्न l यो सत्य घटनामात्र हो l शीर्षकले धेरै कुरा समेटेको हुन्छ l
प्रकाशले पोखेको एकान्तबास पीडा, स्वतन्त्रताको चाहना र पहिचानको खोजी (Isolation, desire of freedom and Identity) को वास्तविक घटनामा आधारित पटकथा निकै मन पर्यो र चुम उपत्यकादेखि झापा तीन कट्ठेसम्मको यात्राका रमणीय दृश्यहरूले मन र आँखा निकै लोभ्याए l
चुम भ्यालीको सौन्दर्यसँगै रमणीय दृश्यहरूमा ती पहाडहरू, स्याउले डाँडाहरू, पहाडी गोरेटाहरू, साना साना खोल्साहरू ? भीमकाय पहाडका चुचुराहरू अनि चट्टानहरूमा थुप्रिएका हिउँ, मनै छुने, ती आकाश छुँदै गरेका, बादलले घेरिएका हिमाल चुलीहरूले निर्मित रमणीय दृश्य, हृदयदेखि नै निस्क्यो वाह ! चुम भ्यालीको सौन्दर्य l
कुनै बेला आफै पुगौं पुगौं लाग्यो l चुम उपत्यका, चौरी गोठ छेकोंग गाउँतिर निर्देशक एकछिन अझै अलमलिएको भए थप मजा आउने थियो l
प्रत्यक्षमा पुगेर चुमका यी स्वर्गीय दृश्यहरू हेर्न मलाई असम्भव छ तर प्रविधिको विकाश र ‘हेर्ने कथा’ समूहको प्रयासले हेर्न सम्भव बनाई दियो l म लाभान्वित भएँ l आभार l
विगत तीन महिनादेखि अर्को दुई महिनासम्मका लागि विदेशमा छु म l एकछिन भए पनि प्रकाशलाई -झापा पुर्याउ यात्रा- नारायणगढ़मा रोकिँदा खुशी लाग्यो l मेरो नारायणगढ़, मेरो सुन्दर सहरलाई हेरें l खुसी लाग्यो l
निर्देशन, कथा वाचन, प्रस्तुति, फोटोग्राफी, राम्रो छ l पार्श्व सङ्गीत कर्णप्रिय छ l
एकछिन तुलनात्मक कुरा -
यस सत्य कथालाई Lost and found थीम अन्तर्गत राख्न सकिन्छ l प्रकाशको पीडालाई राम्रो पाठकले विभिन्न कोणबाट बुझ्न पर्छ l १९६६ मा एउटा हिन्दी फिल्म आएको थियो दिलिप कुमारको- ‘दिल दिया दर्द’ लिया l दिलीपकुमारको पीडा पक्ष पनि निकै मार्मिक छ l ५/६ वर्षको उमेरका प्रकाश काठमाडौँबाट हराएका थिए l यात्रा गर्दै गरेको समुद्री जहाजको दुर्घटनामा काखे बालक शंकर हराएको थियो l प्रकाश पुगे चुम उपत्यका एक साहूको नोकर भएर l शंकर पुग्यो एउटा धनाड्य ठाकुरको घर तर नोकर भएर बस्न पर्यो l दुवै कथाको अन्त्य happy ending मा टुंगिन्छ l happy ending एउटा विशेष संयोग र समानता हो दुवैको जीवन यात्राको अन्य कुराहरू पनि मिल्छन् तर happy ending विशेष परिघटना र संयोग हो l
साहित्य अध्ययनमा तुलना गर्न सकिन्छ l ‘दिल दिया दर्द लिया’ को पनि अङ्ग्रेजी उपन्यासकार Emily Bronte को Wuthering Heights सँग गरिन्छ l मैले दिलिपकुमारको फिल्म १९७० मा हेरेको थिएँ l १९८५ मा एम.ए. ताका Wuthering Heights पढ्दा झस्केको थिएँ l अरे ! यसको कथा त कता कता ‘दिल दिया दर्द लिया’सँग मिल्दो रहेछ l मैले मेरा साथीहरूसँग कुरा गर्दा उनीहरूले नै भनेका थिए - Obviously, Dil Diya Dard Liya is partly a stolen story of Wuthering Heights.
नेपाली साहित्यमा पनि यस्ता चोरिएका धेरै कथा भेटिन्छन् l तर –
प्रकाशको कथा सत्य कथा हो l प्रकाशले बेहेरोको समय सत्य हो l काले प्रकाश भएर रहेको सत्य हो l
'अहिले नभेटिए पनि पछि भेटिएपछि हत्या गरिन्छ, उहाँ पनि हिट लिस्टमै हुनुहुन्छ'भन्ने हल्ला उहाँको गाउँ...
ज्योति राव फुलेलाई दलित–बहुजन जागरणका जनक, भारतीय पुनर्जागरणका आधारस्तम्भ, महिला शिक्षाका पितामह भन्...
नेपाल भारतलगायतका दक्षिणी एशियाली मुलुकमा विशेष गरेर हिन्दुत्वको वर्चस्व रहेका मुलुकहरूमा दलित/शिल्प...