हुतिहारा प्रकाश/ काले र हुइयाँ नेपाली समाज - डा. भक्त राई

हेर्ने कथाकी प्रस्तोता विधा चापागाइँले दुई वर्ष अघि बनाएको हेर्ने कथाको पात्र प्रकाश तामाङ अर्थात् काले यतिबेला एकाएक भाइरल भएको छ ।
युरोप, अमेरिकाजस्तो अत्यन्तै अनकण्टार ठाउँमा पुगेको अपठित नेपाली युवाहरू, साउदी, कतार, बहराइन, ओमान, कुवेद आदि देशमा पुगेर बिचल्ली परेका अपठित कैयौं नेपाली चेलीहरू अनेक प्रयास गरेर नेपाल आइपुग्छन् ।
न उनीहरूले त्यहाँको भाषा बुझ्छन्, न त त्यो देशको कानुन । न त उनीहरूसङ्ग त्यो देशको पैसा हुन्छन् न त हिँडेरै नेपाल आइपुग्न सम्भावना हुन्छ । यद्दपि कोसिस गर्छन्, अनेक तरिकाले हार गुहार गर्छन् l उम्कने हरेक दाउ हेर्छन् तर यहीँ काठमाडौ नजिकै गोर्खामा भासिएका त्यो प्रकाश काले आफ्नो जन्मस्थान झापा पुग्न के गारो थियो ? उसले चाहेको भए त्यो असम्भव थिएन l उसले आज पर्यन्त कुनै कोसिस नै गरेको देखिन्न l
त्यसैले प्रकाश काले हुतिहारा हो, निकम्मा हो, लमुते हो, बेकुफ हो, भाते हो अनि कामै नलाग्ने लाछी हो । ल त्यो कालेलाई घरको ठेगाना थाहा थिएन रे, आफन्तबारे थाहा थिएन रे थाहै नभै कसरी हेर्ने कथाको टिमले उसलाई कसरी घर पुर्यायो त ? उसको घर पुग्ने आधार भनेकै उसले स्मृतिमा राखेको झापाको ठाउँ बाबुको पहिचान झाँक्री बा र आमाको नाम साइली हो l विद्याको लागि उसलाई घर पुर्याउने कारण यो बन्न सक्यो भने स्वयं उसको लागि यति जानकारी आफ्नो घर गाउँ खोज्ने आफन्त र बाउआमा दाजुभाइ दिदीबहिनी खोज्ने यथेस्ट आधार थियो l काले स्वयंले यतातिर घर जाने विषयमा चासो राखेको देखिनन्न l
उसैले दिएको सूचनाको आधारमा ऊ आफ्नो घर पुग्यो त्यही सूचनाको आधारमा ऊ एक्लै खोज्दै गएको भए पनि त पुग्नेथियो । रह्यो खर्चको कुरा उनको साहुको भनाइ अनुसार "उसको ठेगाना थाहा नभएर मात्र हो नत्र हामी पठाउँथ्यो " यसबाट के प्रष्ट छ भने प्रकाश कालेले नै घर जान चाहेन । नत्र भने त साहुसङ्ग अनुरोध गरेर नत्र विद्रोह गरेरै भने पनि पाँचदश हजार खर्च त मिलिहाल्थ्यो नि । साँच्ची भन्ने हो भने त्यत्रो हिउँपाखामा उकालो उरालो गर्ने मान्छे हिँडेरै पनि चारपाँच दिनमा झापा वा भोजपुर पुगिन्छ ।
मानौं साहुले पैसा दिदै दिएन रे त्यस्तो अवस्थामा पनि कैयौं बिखर्ची मान्छे अरूकै सहयोगमा कहाँकहाँ पुग्छ त्यो प्रकाश काले चाहिँ पुग्न नसक्ने हुन्छ ? कैयौं अपाङ्ग मान्छे, आँखा नदेख्ने मान्छे देशभर पुग्छ त्यो काले चाहिँ गोर्खाबाट झापा नपुग्ने भन्ने हुन्छ ? ल सानो बालक हुँदा त ऊ घर जान सकेन त्यो उसको बाध्यता थियो जब ऊ जवान भयो, यो उमेरसम्म के हेरेर बस्यो ? त्यत्रो बुढो भैन्जेल बाउआमा, घरपरिवार, गाउँघर जान नखोज्ने अनि कसैले तिम्रो घर जान्छौ ? भन्दा लुसुक्क पछिपछि लाग्नु उसको गल्ती हो ।
जस्तै लाटाले पनि आफ्नो घरपरिवारको त माया गर्छ नि । कति अपठित गाउँले युवायुवतीहरू विश्वको कस्ता अनकण्टार कुनाबाट त नेपाल आइपुग्छ भने गोर्खाबाट झापा जानु कुनै ठुलो कुरै होइन उसैले नचाहेरै हो । धिक्कार होस नेपाली समाज यस्तै हुतिहारा मान्छेलाई सहयोग गर्ने बाहनामा भाइरल बन्न भाइरलेहरूको तँछाड मछाड छ ।
प्रकाशजस्ता हराएको गरिब पात्र त नेपालको गाउँगाउँमा छ सबैलाई घर, जग्गा पैसा, जागिर बाँडेर सकिन्छ ? उसलाई सहयोग गर्नुहुन्न भन्ने मेरो आशय होइन बरु उसलाई त न्याय दिलाई दिने हो । साउसङ्ग उसको परिश्रमको ज्याला दिलाइदिने हो । हो मान्छेलाई पैसा होइन पैसा कमाउने चेतना र सिप बाँड्नु पर्छ । मान्छेलाई घरघरमा माछा बाँड्ने होइन माछा उत्पादन गर्ने र खाने सिप पो बाँड्नु पर्छ त । सबै हावाको पछि कुद्ने ? प्रकाशले त अर्काको घरमा दुख पायो आफ्नै घरमा बसेर दुख पाउने कति छन ? प्रकाश त आफ्नै देशमा हरायो अन्जान मुलुकको अनकण्टार ठाउँमा हराउनेहरू कति छन ? यहीं पनि राजनीतिक द्वन्द्वको कारण हराउने तीन हजार भन्दा बढी छन् l कसैलाई चासो छ ? सम्झिदा नि दिक्क लाग्छ ।
१० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वकालमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक हुन सकेको छैन । पीडितले न्याय, परिपुरणसमेत पाउन सकेका छैनन् । बेपत्ता पारिएका व्यक्तिको सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग, बेपत्ता आयोगलगायतका निकायमा उजुरीहरू दर्ता भएका छन् । राष्ट्रिय मानव अधिकार आयोगमा परेका उजुरीमा आयोगले छानबिन र सर्वाेत्खनन् गरी दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्ति र बेपत्ता व्यक्तिको अवस्था सार्वजनिक गर्न हालसम्म १ सय ८६ वटा सिफारिस गरेको छ । आयोगमा अझै ८ सय २१ उजुरी विचाराधीन छन्। सत्य निरुपण तथा मेलमिलाप आयोगमा ३ हजार १ सय ९७ जनाको उजुरी दर्ता भएको छ ( अन्नपूर्ण पोष्ट, असार १४, २०८१ ) ।
स्मरणीय: समजामा विचार विमर्श वाद प्रतिवाद हुन्छन् विषयलाई हेर्ने फरक फरक दृष्टिकोण हुन्छन् l akabarey.com हरेक फरक विषयलाई सार्वजनिक गरेर विचार विमर्श गर्न चाहन्छ त्यसैले फरक आयामबाट गरिएको डा. राईको विश्लेषण यहाँ प्रस्तुत छ l राईका प्रस्तुत विचार उहाँका नितान्त निजी विचार हुन् l सम्पादक
जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छा...
नेपाल बन्द गरेर होइन खुल्ला राखेर बन्छ, बनाउन सकिन्छ भन्दै नेपाल खुल्ला छ को प्ले कार्ड बोकेर निस्कन...
“म/ हामी अब तिमी जस्तै कुनै नवराजहरूले जातको नाममा फेरि मर्नु नपरोस् भनेर लड्नेछु।”