उज्यालोको तिज क्यान्सर विरुद्ध
सुरेश भट्ट आश्रिन
“उज्यालो लाल्टिन प्रतिस्ठान” रुपन्देहीले हरितालिका तिजको दर खाने कार्यक्रम प्राणघातक रोग क्यान्सर विरुद्ध लडिरहेका कवि नवराज न्यौपानेको सहयोगार्थ गर्ने भएको हो ।
सामाजिक रूपान्तरण, सभ्य समाज र आदर्श नागरिक निर्माणार्थ “समाजको पारदर्शिता, साहित्य र पत्रकारिता” भन्ने मूल नारा बोकेर स्थापित संस्था उज्यालो लाल्टिन प्रतिष्ठानले क्यान्सर रोगका विरुद्ध लडिरहेका एक योद्धा कवि नवराज न्यौपानेको सहयोगार्थ देवदह नगरपालिका र स्थानीय सहकारीले आयोजना गर्ने तिजको दरखाने कार्यक्रममा “सपनाका लहरहरू” कृति तिजको दरखान आउने महिलाहरूलाई लक्षित गर्दै पुस्तक स्टल सञ्चालन गर्न लागिएको प्रतिष्ठानकी अध्यक्ष समज्ञा अधिकारीले जानकारी दिएकी हुन् ।
काभ्रे निवासी कवि नवराज न्यौपाने लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेको र क्यान्सरसँग लडिरहदा अस्पतालको शैयाबाटै उनले लेखेको पुस्तक “सपनाका लहरहरू-२” प्रकाशित भएको थाहा पाएपछि उपचाररत कवि न्यौपानेलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले पुस्तक विक्री अभियान सञ्चालन गरिएको हो ।
देवदह नगरपालिका र सहकारीले भोलि शनिबार र आइतबार हरितालिका तिजको दर खाने कार्यक्रम आयोजना गर्ने निधो गरेको छ । उक्त कार्यक्रम आउनुहुने आमा दिदिबहिनीहरुलाइ कवि न्यौपानेको उपचारार्थ पुस्तक खरिद गरि सहयोग गरिदिन प्रतिष्ठानले आग्रह गरेको छ ।
स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो ।
१९४२ कात्तिक २५ गते आइतबारका दिन फाल्गुनन्दको जन्म भएको हो। सो दिनलाई किराँत धर्मावलम्बीहरूको मोक्ष...
किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो ।