नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्यमा रामकुमारी झाँक्री विजयी
काठमाडौँ, भदौ १३- नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री उपाध्यक्षमा (पदाधिकारी ) पराजित भए पनि पनि पोलिटब्युरो सदस्यमा भने विजयी भएकी छन् । आज सार्वजनिक मतपरिणाम अनुसार उनले १८२ मतका साथ चौथो स्थानमा रहेर पोलिटब्युरोमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् l
महिला उपाध्यक्षमा झाँक्री जयन्ती देवी राईसँग पराजित भएकी थिइन् । झाँक्रीले ११३ मत पाउँदा विजयी भएकी राईले १९८ मत पाएकी थिइन् ।
एमाले विभाजित भएर एकीकृत समाजवादी बन्दा झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन् । पार्टी विभाजन पछिको पहिलो महाधिवेशन पश्चात् भएको पदाधिकारी चयनमा पराजित भए पनि पोलिटब्युरोमा भने उनी विजयी भएकी हुन् । ओलीलाई विस्थापन गरेपछिको देउवा मन्त्री मण्डलामा नेकपा एस तर्फबाट शहरी विकास मन्त्रीको कार्यभार पनि सम्हाल्ने मौका पाएकी व्यक्ति हुन् l मन्त्री मण्डलबाट फिर्ता बोलाएपछि पार्टीसँग असन्तुस्ट झाँक्री पदाधिकारीमा पराजय हुनुको एउटा कारण भनेर विश्लेषण गरेको पाइन्छ l
तस्बिर : विकिपिडिया
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...