क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन 'गौशाला २६' को निवेदन

काठमाडौँ, साउन ११ - नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा अघि नबढाउन प्रहरीद्वारा राखिएको सांकेतिक नाम ( गौशाला २६) ले निवेदन दर्ता गराएकी छन् l
उच्च अदालत पाटनले गौशाला २६को जाहेरीपछि दर्ता भएको मुद्दामा सफाइ दिने फैसला सुनाएको थियो । उक्त मुद्दाको पूर्णपाठ तयार भएर मंगलबारमात्र उच्च सरकारी वकिल कार्यालयमा आइपुगेको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसला सुनाउदै लामिछानेलाई सफाइ दिएको थियो ।
गौशाला २६ ले हस्त लिखित रूपमा निवेदन उच्च सरकारी वकिल कार्यालय पेस गरेकी छन् । गौशाला २६ ले आफैँ आएर मुद्दा अघि नबढाउन निवेदन दिएको कुरा उच्च सरकारी वकिल कार्यालयले पुष्टि गरेको छ । सरकारी वकिलमा दर्ता नम्बर ३३२ रहेको छ ।
गौशाला २६ को पत्रमा यस्तो उल्लेख छ
गौशाला २६ ले लेखेको पत्रमा आफूले यो मुद्दा सुरु भएदेखि धेरै तनाव खेपेको र सामाजिक रूपमा अप्ठ्यारोमा परेको दाबी गरेकी छिन् । उनले आफूले न्यायका लागि धेरै संर्घष गरेको तर यो क्रममा धेरै तनाव र दुख समेत झेलेकोले अब विवाद भन्दा अलि पर रहेर बस्न चाहेकाले मुद्दालाई अहिलेकै रूपमा स्वीकार गरेर बस्न चाहेको उल्लेख गरेकी छन् ।
उनले आफूलाई समाजबाट धम्की आउने क्रम अहिले पनि जारी रहेको र यसका कारण अध्ययनमा पनि असर परेको दाबी गरेकी छन् । उनले आफू अव आफ्नो अध्ययनमा मात्र केन्द्रित हुन चाहेको र मुद्दाको रूपमा धाउन नसक्ने भएकाले सर्वोच्च अदालतमा पुनरावेदन नगरी दिन पनि उनले अनुरोध गरेकी छन् ।
उनले लामिछानेसँगको भेटदेखि अहिलेको अवस्थासम्म आइपुग्दा आफूले असह्य पीडा भागेको र समाजबाट पनि धेरै कुरा सिकेको भन्दै अव दबाब थेग्न नसक्ने अवस्थामा पुगेकाले निवेदन दिएको र साथै आफ्नो सक्कल नागरिकता पनि पेस गरेकाले सोही अनुरूप निर्णय गरिदिन आग्रह गरेकी छन् । गौशाला २६ ले महान्यायाधिवक्तालाई निवेदन देखाएर उच्च सरकारी वकिल कार्यालय पुगेर निवेदन दर्ता गरेको जानकारी प्राप्त भएको छ ।
स्मरणीय : लामिछानेको फाइल फोटो प्रयोग गरिएको छ l
९९ वर्षीया झुलेका शताब्दी व्यक्तित्व श्री कटकबहादुर तामाङ ले सिल्ड / मेडल र प्रमाण-पत्र प्रदान गर्नु...
मङ्सिर २८ देखि ३० गतेसम्म सम्म चल्ने उक्त कार्यक्रममा तामाकोसी गाउँपालिका झुलेको हेल्थपोस्ट स्थित खे...
छैटौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ मङ्सिर २८ गते उदघाटन गर्ने कार्यक्रम रहेको छ l