दलित र नेपाली कांग्रेस - इतिहासबाट
छुवाछुत र कुरीतिलाई हटाई पँधेरो, कुवा र इनारमा तल्लो जाति भनेर कामी, दमाई, सार्की, चमार, मुसहरलाई पानी भर्न नदिने र उनीहरूले फोहोर र गन्धा पानी खान परी रोगको शिकार भइरहन परेकोले यसमा सरकारले ध्यान दिई स्कुल कलेज र अड्डा अदालतमा यस्ता छुवाछुत र भेदभाव तुरुन्तै हटाइयोस् l
प्रस्तावक: श्री भक्तबहादुर अमात्य, श्री रामकुमार जीवन मित्र
समर्थक श्री वासुदेव कहार, श्री ईश्वरमान थोकर, श्री गणेशमान श्रेष्ठ
( साभार : नेपाली कांग्रेसको इतिहासको प्रारूप २०६६ , पुरुषोत्तम बस्नेत पृ.४०८ ,
नेपाली कांग्रेसको पाँचौ महाधिवेशन २००९ मा पारित गरिने छुवाछुत विरुद्धको प्रस्ताव l यही महाधिवेशनबाट दलित धनमान सिंह परियार कांग्रेसको महामन्त्री नियुक्त भएका थिए भने कांग्रेस संस्थापक नेताहरू आर बि गहतराज र देवव्रत परियार थिए l नेपाली कांग्रसले २००९ मा नै महामन्त्रीमा दलित नेतालाई चयन गरेको थियो भने जातीय छुवाछुत र भेदभाव विरुद्धको प्रस्ताव आफ्नो पाँचौ महाधिवेशनबाट नै पारित गरेको थियो l नेपाली कांग्रेसले आफ्नो विधानमा छुवाछुतको व्यवहार गर्ने कुनै पनि व्यक्ति आफ्नो पार्टीको क्रियाशील सदस्य नरहने प्रबन्ध पनि गरेको छ l
सन् १९५६ मा उनी र उनका अनुयायीहरूले बौद्ध धर्मलाई अँगाले जसको केही महिनापछि नै उनको निधन भयो ।
सामाजिक कुरीति चिर्ने एक्लो प्रयासमा सफल नहुँदा लगानीसमेत डुबेर टाट पल्टेको उहाँले पीडा सुनाउनुभयो ।
प्रधानमन्त्री शुसिला कार्की लगायत सरकारका मन्त्रीहरूलाइ भेटेर तत्काल सरकारसँगकाे जेन-जी प्रतिनिधि छल...